काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफू चुनावमा उठ्ने या नउठ्ने भन्ने निर्णय हाल सम्म पनि नगरेको बताएका छन् । मन्त्री खरेलले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ अाैं स्थापन दिवसको सम्बोधन गर्ने क्रममा सो जानकारी दिएका हुन ।
नेपाल सरकारका प्रवक्ता खरेलले भने, ” मैले चुनावमा उठ्ने नउठ्ने भन्ने निर्णय गरेको छैन । अहिलेसम्म कुनै पार्टीमा प्रवेश गरेको छैन ।”
पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पार्दै पत्रकार खरेलले आफ्ना बारेमा विभिन्न भ्रामक समाचारहरु चर्चामा आएको जनाए ।
मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताएका छन् । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरे ।
उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न समेत आग्रह गरेका छन् ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...