भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

“चुनावमा उठ्ने नउठ्ने निर्णय गरेको छैन ।”

  • ख्वपखबर
  • पुस २४, २०८२

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफू चुनावमा उठ्ने या नउठ्ने भन्ने निर्णय हाल सम्म पनि नगरेको बताएका छन् । मन्त्री खरेलले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ अाैं स्थापन दिवसको सम्बोधन गर्ने क्रममा सो जानकारी दिएका हुन ।

नेपाल सरकारका प्रवक्ता खरेलले भने, ” मैले चुनावमा उठ्ने नउठ्ने भन्ने निर्णय गरेको छैन । अहिलेसम्म कुनै पार्टीमा प्रवेश गरेको छैन ।” 

पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पार्दै पत्रकार खरेलले आफ्ना बारेमा विभिन्न भ्रामक समाचारहरु चर्चामा आएको जनाए ।

मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताएका छन् । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरे ।

उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न समेत आग्रह गरेका छन्  ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित