४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै
- अशोज १५, २०८३
- ख्वपखबर
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...

भक्तपुरमा लामो समय देखि पत्रकारितामा लागि परेका तीन जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा ती तीन जना पत्रकार सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा राष्ट्रिय संचार केन्द्र नेपालका अध्यक्ष पेशल कुमार आचार्य, कान्तिपुर टेलिभिजनका क्यामराम्यान विनोद कोजू र हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठ रहेका छन् । अध्यक्ष आचार्यलाई स्व.भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिताले सम्मान गरिएको थियो भने स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्करबाट पत्रकार कोजू र स्व.मैंयादेवी शिल्पकार स्मृति कृयाशील पत्रकारिता पुरस्कारबाट हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठलाई सम्मान गरिएको थियो ।

तीन दशक भन्दा लामो समयदेखि पत्रकारितामा योगदान पुर्याएका आचार्यलाई १५ हजार रूपैयाँ नगद सहित सम्मान गरेका छन् भने, कोजू र श्रेष्ठलाई जनही २ हजार ५ सय रूपैयाँ नगद सहित सम्मान गरेको महासंघका उपाध्यक्ष एवम् पुरस्कार छनोट समितिका संयोजक हेमराज ढकालले बताए । उनीहरूलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले सम्मान तथा पुरस्कृत गरेको हुन् ।

४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...