भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरमा तीन पत्रकार सम्मानित  

  • ख्वपखबर
  • पुस २४, २०८२

भक्तपुरमा लामो समय देखि पत्रकारितामा लागि परेका तीन जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा ती तीन जना पत्रकार सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा राष्ट्रिय संचार केन्द्र नेपालका अध्यक्ष पेशल कुमार आचार्य, कान्तिपुर टेलिभिजनका क्यामराम्यान विनोद कोजू र हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठ रहेका छन्  । अध्यक्ष आचार्यलाई स्व.भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिताले सम्मान गरिएको थियो भने स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्करबाट पत्रकार कोजू र स्व.मैंयादेवी शिल्पकार स्मृति कृयाशील पत्रकारिता पुरस्कारबाट हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठलाई सम्मान गरिएको थियो । 

तीन दशक भन्दा लामो समयदेखि पत्रकारितामा योगदान पुर्‍याएका आचार्यलाई १५ हजार रूपैयाँ नगद सहित सम्मान गरेका छन् भने, कोजू र श्रेष्ठलाई जनही २ हजार ५ सय रूपैयाँ नगद सहित सम्मान गरेको महासंघका उपाध्यक्ष एवम् पुरस्कार छनोट समितिका संयोजक हेमराज ढकालले बताए । उनीहरूलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले सम्मान तथा पुरस्कृत गरेको हुन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित