गृहमन्त्री गुरुङले पेस गरे तीन अध्यादेश
- चैत्र १९, २०८२
- ख्वपखबर
गृहमन्त्री सुदन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । गृहमन्त्री गुरुङले आजको प्रतिनिधिसभाको बैठकमा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायमा कुनै पनि किसिमको भ्रष्टाचार वा अनियमितता भएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाउने चेतावनी दिएको छ ।
मुख्यसचिव सुमनराज अर्यालले सबै मन्त्रालय, आयोग र कार्यालयका सचिवहरूलाई परिपत्र गर्दै सुशासन कायम गर्न निर्देशन दिएका हुन् ।
गत भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको जनआन्दोलन र फागुन २१ को निर्वाचनपछि बनेको नयाँ सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको पत्रमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको अवस्था निराशाजनक देखिएको भन्दै सरकारले सार्वजनिक निकायमा हुने नीतिगत, संस्थागत र प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्ने बताएको छ ।
मन्त्रालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद र अधिकारको दुरुपयोग रोक्न तत्काल पहलकदमी लिन सचिवहरूलाई निर्देशन दिइएको छ ।
यसैगरी, सरकारले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने स्तरमा सदाचार कायम गर्न सेवा प्रवाहको शैली सुधार्न भनेको छ । सरकारी कार्यालय र कर्मचारीलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाएर जनविश्वास आर्जन गर्नुपर्ने पत्रमा उल्लेख छ ।
सार्वजनिक सेवा प्रवाहमा महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र असहायलाई उच्च प्राथमिकता दिन सरकारले भनेको छ ।
सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने, तटस्थता र पारदर्शिता कायम गर्ने तथा कानुनमा उल्लेखित नैतिक आचारसंहिताको कडाइका साथ पालना गराउने प्रमुख दायित्व कार्यालय प्रमुखकै हुने बताइएको छ ।
मन्त्रालय र मातहतका निकायमा हुन सक्ने मोलमोलाहिजा र भ्रष्टाचारका घटनामा सूक्ष्म निगरानी राख्न सरकारले सचेत गराएको छ ।
कार्यालय प्रमुखहरूलाई नियमित कार्य सञ्चालनमा चुस्तता र मितव्ययिता अपनाउँदै कार्यालयको आकस्मिक तथा छड्के जाँच गर्न निर्देशन दिइएको छ ।
भ्रष्टाचारसम्बन्धी कुनै जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायमा लेखी पठाउनुपर्नेछ । यदि कुनै कार्यालयमा अनियमितता भेटिएमा कार्यालय प्रमुखलाई नै मुख्य दोषी मानेर कारबाही अघि बढाउने चेतावनी सरकारले दिएको छ । नागरिकन्युज

गृहमन्त्री सुदन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । गृहमन्त्री गुरुङले आजको प्रतिनिधिसभाको बैठकमा...
आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु भएको छ । देशभरका एक...
माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय...