भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

सहकारी पिडितको बचत फिर्ता सुरु गर्दै मध्यपुर थिमि नगरपालिका

  • चैत्र २०, २०८२

भक्तपुर, मध्यपुर थिमि नगरपालिकाले सहकारी पिडितको बचत फिर्ता गर्न सुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारी पिडितको बचत फिर्ता गर्न सुरु गरेको हो ।

नगरपालिकाले समस्याग्रस्त सहकारी कृषि बिकास बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई जनही १०/१० हजार रुपैंया वितरण गर्दै बचत फिर्ताको सुरुवात गरेको हो ।

मध्यपुर थिमि नगरपालिका स्थापना हुँदाको तत्कालिन दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोदे गाविसको प्रतिनिधित्व हुने गरी ५ जनालाई जनही १०/ १० हजार बचत फिर्ता गरेको छ ।

मध्यपुर थिमि–३ गठ्ठाघरमा सञ्चालित उक्त सहकारीले वचतकर्ताको रकम फिर्ता नगरी सञ्चालक फरार भएका थिए । उक्त सहकारीलाई नगरपालिकाको सहकारी ऐन २०७९ तथा नियमावली २०८० बमोजिम समस्याग्रस्त घोषणा गरी सहकारीको व्यवस्थापन सुरु गरेको थियो ।

मध्यपुर थिमि नगरपालिकाले २०८१ जेठ १७ गते कृषि बिकास बचत तथा ऋण सहकारी प्रा. लि.लाई समस्याग्रस्त घोषणा गरेको हो । त्यसपछि २०८२ जेठ २८ गते नगरपालिकाले पूर्व न्यायधिसको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो ।

उक्त समितिले सहकारीका बचतकर्तालाई बचत रकम दावी गर्न आउन र सहकारीका ऋणीहरुलाई ऋण रकम चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोही अनुसार बचत दावी गर्न आएका बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने कार्य सुरु गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

समितिमा हाल ५४९ जना वचतकर्ताहरुले बचत रकम दावी गर्दै निवेदन पेश गरेको छ । ती मध्ये पहिलो चरणमा समितिमा चेक जम्मा गरेका दुई सय ५२ बचतकर्ताहरुलाई जनही १०/१० हजार रुपैंया फिर्ता गर्ने जानकारी नगरप्रमुख श्रेष्ठले दिएका छन् ।

उनका अनुसार उक्त सहकारीको ऋणीहरुबाट ऋण असुलीको पनि कार्य भइरहेको छ । समितिले हालसम्म ४२ लाख रुपैंया ऋण असुली गरिसकेको छ । सोही रकमबाट बचत फिर्ताको शुभारम्भ गरिएको नगरप्रमुख श्रेष्ठले जनाएका हुन् ।

नगरपालिकाको सहकारी शाखाका अनुसार कृषि बिकास बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताबाट हालसम्म २२ करोड भन्दा बढी रकमको दावी परेको छ भने संस्थाले २४ करोड रुपैंया ऋण लगानी गरेको देखिन्छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित