अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ८ स्थित माहेश्वरी पीठमा भेटिएका मृत कागमा बर्ड फ्लु पुष्टि भएको छ । शुक्रबार भक्तपुर नगरपालिकाले एक सूचना मार्फत सो मृत कागमा बर्ड फ्लु पुष्टि भएका जानकारी दिएको हो ।
पीठमा धेरै संख्यामा कागहरु मृत अवस्थामा भेटिएकोले केही काग नमूना परीक्षणको लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएकोमा H9 भ्येरियन्टको बर्ड फ्लु देखिएको जनाइएको छ ।
H9 भ्येरियन्ट कुखुरा लगायत विभिन्न पन्छीहरुमा सर्न सक्ने र विशेष गरी संक्रमित कुखुरा तथा पन्छीसँग प्रत्यक्ष सम्पर्क, संक्रमित पन्छी तथा पन्छीजन्य पदार्थको ओसार पसार, दाना तथा कुखुरा ढुवानी गर्ने सवारी साधन साथै श्वास प्रश्वासबाट सर्ने सूचनामा उल्लेख गरिएको छ ।
यस भ्येरियन्टको बर्ड फ्लुले मानव स्वास्थ्यमा असर नगर्ने भएता पनि आफुले पालेका पन्छीहरुमा सर्न सक्ने भएकोले सम्बन्धित कुखुरा तथा पशुपन्छी व्यवसायीहरुले आफुले पालेका पन्छीहरुलाई सुरक्षित राख्नका लागि सावधानी अपनाउनुहुन र आफ्नो वरपर कुनै पनि सामुदायिक पन्छीहरु मृत फेला परेमा यस नगरपालिकाका सफाई कर्मचारीहरुलाई सम्पर्क गरी उचित व्यवस्थापन गराउन नगरपालिकाले सम्पुर्ण नगरबासीलाई अनुरोध गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...