४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै
- अशोज १५, २०८३
- ख्वपखबर
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...

भक्तपुर, मध्यपुर थिमी नगरपालिकाले बिस्का: जात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको ४७ औं नगरकार्यपालिकाको बैठकले नजिकिदै गरेको बिस्का: जात्राम सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले नगरपालिका क्षेत्र भित्र मनाईने ऐतिहासिक तथा परम्परागत विस्काः जात्रा र जिब्रो छेड्ने जात्रा हर्षोल्लासका साथ मनाउन २०८२ साल चैत्र ३० गते तथा २०८३ साल वैशाख २, ३ गते नगरपालिका र यस अन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता कृष्णहरी आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार नगरपालिका क्षेत्र भित्र भव्य र सभ्य रुपमा मनाईने विस्का जात्रा र जिब्रो छेड्ने जात्रा शान्तिपूर्ण हर्षोल्लासका साथ मनाउन सुरक्षा लगायत आवश्यक व्यवस्थापन गर्ने समेत निर्णय नगरपालिकाले गरेको छ ।

४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...