भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

बिस्का: जात्रामा सार्वजनिक बिदा दिने मथिनपाको निर्णय

  • ख्वपखबर
  • चैत्र २०, २०८२

भक्तपुर, मध्यपुर थिमी नगरपालिकाले बिस्का: जात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको ४७ औं नगरकार्यपालिकाको बैठकले नजिकिदै गरेको बिस्का: जात्राम सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले नगरपालिका क्षेत्र भित्र मनाईने ऐतिहासिक तथा परम्परागत विस्काः जात्रा र जिब्रो छेड्ने जात्रा हर्षोल्लासका साथ मनाउन २०८२ साल चैत्र ३० गते तथा २०८३ साल वैशाख २, ३ गते नगरपालिका र यस अन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता कृष्णहरी आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार नगरपालिका क्षेत्र भित्र भव्य र सभ्य रुपमा मनाईने विस्का जात्रा र जिब्रो छेड्ने जात्रा शान्तिपूर्ण हर्षोल्लासका साथ मनाउन सुरक्षा लगायत आवश्यक व्यवस्थापन गर्ने समेत निर्णय नगरपालिकाले गरेको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित