अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बुधबारसम्म हिरासत मै रहने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार दुवै नेताको म्याद पाँच दिनका लागि थप गर्ने आदेशसंगै उनीहरु बुधबारसम्म हिरासत मै रहने भएका हुन् ।
उनीहरूसँग सम्बन्धित मुद्दामा अनुसन्धान जारी राख्न अदालतले थप समय दिएको हो । यसअघि पनि उनीहरूविरुद्ध विभिन्न आरोपमा अनुसन्धान भइरहेको थियो ।
अनुसन्धान निकायले थप प्रमाण संकलन, बयान लिने तथा आवश्यक कागजात अध्ययन गर्न समय आवश्यक रहेको दाबी गरेपछि अदालतले म्याद थप्ने निर्णय गरेको जनाएको छ । यस अवधिमा सम्बन्धित निकायले घटनाको सत्य तथ्य पत्ता लगाउने कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ । नागरिकन्युज ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...