काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

नेपाल पत्रकार महासंघले काठमाडौंको बानेश्वरमा र्याली निकालेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले ऐक्यबद्धता र्याली आयोजना गरेको हो ।
महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको वर्तमान अवस्थामा मुलुकका विभिन्न पेसागत संगठन र नागरिक अगुवासँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ ऐक्यबद्धताको अपेक्षा गरेको बताएकि छिन् । उनले भनी, ‘विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघ सम्पूर्ण सञ्चारकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा पुनः एकपटक शुभकामना व्यक्त गर्दछ। प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको वर्तमान अवस्थामा मुलुकका विभिन्न पेसागत संगठन र नागरिक अगुवासँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ ऐक्यबद्धताको अपेक्षा गर्दछ।’
‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित निकालिएको र्यालीमा ठूलो संख्यामा पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...