“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

नेपाल पत्रकार महासंघले काठमाडौंको बानेश्वरमा र्याली निकालेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले ऐक्यबद्धता र्याली आयोजना गरेको हो ।
महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको वर्तमान अवस्थामा मुलुकका विभिन्न पेसागत संगठन र नागरिक अगुवासँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ ऐक्यबद्धताको अपेक्षा गरेको बताएकि छिन् । उनले भनी, ‘विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघ सम्पूर्ण सञ्चारकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा पुनः एकपटक शुभकामना व्यक्त गर्दछ। प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको वर्तमान अवस्थामा मुलुकका विभिन्न पेसागत संगठन र नागरिक अगुवासँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ ऐक्यबद्धताको अपेक्षा गर्दछ।’
‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित निकालिएको र्यालीमा ठूलो संख्यामा पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...