भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

  • ख्वपखबर
  • बैशाख २२, २०८३

भक्तपुरमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ आदर्शस्थित अरनिको राजमार्गमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा भारतको दरभंगा जिल्ला घर भई हाल चाँगुनारायण-८, सुडालस्थित BM ईट्टा भट्टामा कार्यरत ४३ वर्षीय विसुनदेव सहनी रहेका छन् । बाटो काट्दै गरेका सहनीलाई सूर्यविनायकबाट तीव्र गतिमा जगातीतर्फ जाँदै गरेको बा ४ ख ३१५६ नम्बरको टिपरले आइतबार राती ११:०० बजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल दुधपाटी लगिएको र चिकित्सकले राती ११:२२ बजे नै मृत घोषित गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार टिपर चालक काभ्रेपलाञ्चोक बनेपा बस्ने ३६ वर्षीय श्याम कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक स्वरुप शर्माले जानकारी दिएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित