काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सुकुमबासी तथा अव्यवस्थित बस्ती हटाउने कार्यबारे सरकारसँग स्पष्टीकरण माग गर्दै सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
अदालतले बस्ती हटाउँदा कानुनी प्रक्रिया पूरा गरिएको हो वा होइन, आवाससम्बन्धी अधिकारको संरक्षण गरिएको छ कि छैन भन्नेबारे स्पष्ट पार्न सरकारलाई भनेको छ । साथै विस्थापित परिवारहरूको पुनर्वास, खानपान, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षाको वैकल्पिक व्यवस्थाबारे समेत जानकारी दिन आदेश गरिएको छ ।
यस विषयमा दुवै पक्षको विस्तृत बहस आवश्यक रहेको भन्दै अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...