भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

प्रेस स्वतन्त्रता हननका ६४ घटना सार्वजनिक, बाग्मती प्रदेशमा मात्रै २६ घटना

  • ख्वपखबर
  • बैशाख ११, २०८२

भक्तपुर: प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता हननका ६४ घटना सार्वजनिक गरेको छ । मिति २०८१ वैशाख १ गतेदेखि चैत मसान्तसम्म गरेको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ६४ घटना देखिएका प्रेस काउन्सिल नेपालले जनाएको हो ।
यीमध्ये धम्की/दुर्व्यवहारका सवैभन्दा बढी (२३ घटना) रहेको छ । हत्याको एक घटना र शङ्कास्पद मृत्युको दुई घटना भएको पाइएको छ ।


यस्तै, कुटपिट/आकमणका १८, पेसागत असुरक्षा ११, हत्या प्रयास/गिरफ्तारी चार र कब्जा/अवरोधका चार घटना रहेका छन् । यस अवधिमा पत्रकार विस्थापनको एक घटना भएको पाइएको छ ।


प्रदेशअनुसार सवैभन्दा बढी बाग्मती प्रदेशमा २६ घटना भएको छ । मधेस प्रदेशमा १९, कोशीमा १०, सुदूरपश्चिममा छ, कर्णाली र गण्डकीमा दुई/दुई घटना भएको छ। अनुगमनका क्रममा एक वर्षमा लुम्बिनी प्रदेशमा प्रेस स्वतन्त्रता हननका घटना भएको देखिएको छैन । यस अवधिका घटनामा ६९ पुरुष र आठ जना महिला पीडित भएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित