२०८३ को नीति तथा कार्यक्रम हुबहु २०८१ सालकै रहेको नेता शाहीको दाबी
- बैशाख २९, २०८३
- ख्वपखबर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...

भक्तपुर: भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको ११ दिने भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सम्पन्न भएको छ। २०८१ चैत्र २८ गते देखि संचालन गरिएको सो महोत्सवको समापन कार्यक्रम आइतबार गरी सम्पन्न गरिएको हो।
समाहरोका प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले महोत्सवले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्कृष्ट योगदान गरेको बताए। उपभोक्तालाई सहुलियत दिएको र स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत योगदान पुर्याएको प्रमुख थापाको भानाइ छ।
उनका अनुसार एउटै थलोमा मनोरञ्जनपूर्व वातावरणका बीच उपभोक्ताले धेरै बस्तु तथा सेवा प्राप्त गरी लाभान्वित भएका छन्। व्यवसायी र उपभोक्ता एकै रथका दुई पाङ्ग्रा भएका प्रष्ट पार्दै नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका दुबैको अधिकार रक्षा गर्दै अघि बढ्ने बताए।
महोत्सवमा १ लाख भन्दा बढीले अवलोकन गरेको महोत्सवका संयोजक दिपक थापाको भनाइ थियो। बैशाख ८ गते सोमबार भक्तपुर विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको बताउँदै उनले सो कार्यक्रममा चर्चित गायक तथा कलाकारहरुको प्रस्तुति रहेको जनाए। साँझ ४ः३० बजे शुरू हुने कार्यक्रम एक सय रूपैयाँ मै हेर्ने व्यवस्था मिलाइएको तर्क उनको थियो।
भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइजब्याण्डले २०७२ सालदेखि महोत्सव आयोजना गर्दै आइरहेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए। उनले सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको र बढी भन्दा बढी भक्तपुरवासीको सहभागिता होस् भन्ने उद्देश्यले यस पटक टिकट मुल्य एक सय रुपैयाँ मात्र कायम गरिएको जनाए।
कार्यक्रमका नेकपा एमाले जिल्ला कमिटि भक्तपुरका अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख, वडाध्यक्षहरु, आयोजक संस्थाका पदाधिकारी एवं सदस्यहरु, महोत्सव अवलोकनकर्ता, व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो।
पूर्णिमा बि.क बनिन् उत्कृष्ट

११ दिन सम्म चलेको उक्त महोत्सवमा भएको नृत्य प्रतियोगिताबाट पूर्णिमा बि.क प्रथम हुन सफल भएकी थिइन्। उनी सर्टिफिकेट, ट्रपिसहित तीस हजार रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत भएकी थिइन्।
त्यस्तै द्वितीय रतिस गिरीलाई सर्टिफिकेट, ट्रपिसहित बिस हजार रुपैयाँ र तृतीय सागर लामालाई सर्टिफिकेट, ट्रपिसहित दश हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो ।
संगीतकार सुवासचन्द्र ढुंगेल सम्मानित

कार्यक्रममा सांगितिक क्षेत्रमा आफ्नो ठूलो योगदान दिनुहुने संगीतकार सुवासचन्द्र ढुंगेल सम्मानित भएका छन्। उनलाई खादा लगाई सम्मान पत्र र नगद रुपैयाँ पाँच हजार सहित सम्मान गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सुकुमबासी तथा अव्यवस्थित बस्ती हटाउने कार्यबारे सरकारसँग स्पष्टीकरण माग गर्दै...
इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन...