भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

अमेरिकाको बोस्टनमा गुन्जिदै “नेपथ्य” ब्याण्ड

  • बैशाख ८, २०८२

अमेरिका बोस्टन: नेपाल र नेपालीहरूले सर्वाधिक रुचाइएको चर्चित साङ्गीतिक समूह नेपाली लोक रक ब्यान्ड नेपथ्य अब अमेरिकाको बोस्टनमा गुन्जिने भएको छ। डिजे मुकुन्द ईण्टरटेनमेन्टको प्रस्तुतिमा जुन ११ मा ‘नेपथ्य लाइभ इन बोस्टन’ संगै नेपथ्य ब्याण्ड बोस्टनमा गुन्जिने भएको हो।

बिगत लामो समय देखि अमेरिकामा विभिन्न इभेन्ट तथा सांगीतिक कार्यक्रम गर्दै आएको डिजे मुकुन्द ईण्टरटेनमेन्टले नेपथ्य लाइभ इन बोस्टनलाइ सफल बनाउन भव्य तयारीमा जुटेका आयोजक मुकुन्द पोखरेलले बताए। बोस्टन शहरको रोयाले बोस्टनमा हुने कन्सर्ट नेपाली समुदायको बहुप्रतिक्षित साङ्गीतिक कार्यक्रम हो। कन्सर्टको अग्रिम टिकेट समेत खुल्ला भईसकेको जानकारी आयोजक पोखरेल गराए। बोस्टन लगायत अमेरिकाको जम्मा सात वटा राज्यमा नेपथ्यको प्रस्तुति रहने छ।

‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’ ‘आँगनैभरि हिउँ नै झरे’ शिरफूल शिरैमा’ ‘लामपाते सुरति’, ‘चरि मर्‍यो’ ‘कोशीको पानी’, ‘रेसम’, ‘हिमाल चुचुरे’ ‘मै नाचे छमछमी’, सा कर्णाली, जोमसोम बजारमा, उडायो रेलैले, रेशम, तालको पानी जस्ता गीतहरू नेपथ्य ब्यान्डका लोकप्रिय गीतहरू हुन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित