नेपाल भाषाको “याकचा जुया म्हाईपुसे च्वोना” गीत सार्वजनिक
- भदौ ९, २०८३
- ख्वपखबर
सोम्बार नेपाल भाषाको “याकचा जुय म्हायपुसें च्वाना” बोलको नयाँ गीत सार्वजनिक गरेको छ ।...

भक्तपुर: भक्तपुरमा वरिष्ठ गायक एवं संगीतकार श्री दीप श्रेष्ठको एकल सांगीतिक साँझ हुने भएको छ। यहि वैशाख २० गते शनिवारका दिन इम्पेरियल बैंक्वेट, सल्लाघारी भक्तपुरमा गायक श्रेष्ठको एकल प्रस्तुतिमा सो सांगीतिक साँझ हुने भएको हो।
नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजना गरिएको सो साँझमा वरिष्ठ गायक दीप श्रेष्ठले आफ्ना कालजयी र मन छुने गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गरिने छ।
भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट ब्रज्राचार्यले गायक श्रेष्ठबाट १२ देखि १५ वटा लोकप्रिय गीतहरू लाई Live Music Band को साथ पस्किने बताए। उनका अनुसार सांगीतिक साँझमा करिब १००० देखि १२०० सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको छ।
उद्योगी, व्यवसायी, पेशाकर्मी, तथा संगीतप्रेमीहरूको व्यापक सहभागिता रहने सो कार्यक्रमको टिकट दर रु. १०००/-, १५००/- र २५००/- निर्धारण गरिएको अध्यक्ष बज्राचार्यको भनाइ छ। कार्यक्रमस्थलमा स्थानीय उत्पादन, परिकारका स्टलहरू पनि उपलब्ध हुने उनको तर्क छ।
दीप श्रेष्ठजस्तो वरिष्ठ कलाकारको एकल साँझले युवादेखि वृद्धसम्मलाई समेट्ने मनोरञ्जन दिने विश्वास आयोजकको रहेको छ। यस कार्यक्रमबाट भक्तपुरको सांगीतिक क्षेत्रको व्यावसायिक सम्भावनामा पनि नयाँ उत्साह थपिने अपेक्षा गरिएको कार्यक्रम संयोजकका रूपमा रोशन धौभडेलले जानकारी दिए।
सोम्बार नेपाल भाषाको “याकचा जुय म्हायपुसें च्वाना” बोलको नयाँ गीत सार्वजनिक गरेको छ ।...
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको संख्या बढ्न थालेको छ । जिल्लाको मुख्य...
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र...