हलिं नेवाः दबू जर्मनी शाखाको अध्यक्षमा पुन: भक्तपुरका कुमार नापित चयन

  • ख्वपखबर
  • असार ३१, २०८२

जर्मन: हलिं नेवाः दबू जर्मनी शाखाको अध्यक्षमा पुन: भक्तपुरका कुमार नापित सर्वसम्मत चयन भएका छन् । १३ जुलाई २०२५ आईतवार लुनिबर्गमा सम्पन्न अधिवेशनबाट उनी पुन: शाखाको अध्यक्ष पदमा चयन भएका हुन् । अध्यक्ष नापितको यो दोस्रो कार्यकालको हो ।

त्यस्तै उपाध्यक्ष्यमा रामकाजि गोसाँई, सचिवमा डा. देव नापित, महासचिवमा गणेशमान तालभडेल, कोषाध्यक्ष्यमा बिन्दिरा बोहजू, सहकोषाध्यक्ष्य कमल प्रजापति रहेका छन् भने संस्कृति संयोजकमा उर्मिला बदगामी श्रेष्ठ रहेका छन् ।

सदस्यहरु शंखर महर्जन, दिनेश प्रधान, डा. राजेश साँजू, संजय श्रेष्ठ, पार्वती श्रेष्ठ, सलोनी श्रेष्ठ, सकिला राजभण्डारी चयन भएका छन् । त्यस्तै बिशेष सल्लाहाकारमा मानव कुमार श्रेष्ठ, चिरण श्रेष्ठ, डा. मन्दिरा साँयजू, नरेन्द्र श्रेष्ठ, श्रीषक श्रेष्ठ, शोम श्रेष्ठ चयन भएको हलिं नेवाः दबू जर्मनी च्याप्टरले जनाएको छ ।

हलिं नेवाः दबू विभिन्न देशमा कर्मथलो बनाएर बसेका नेपालका नेवाः समुदायको संस्था हो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित