भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु
- बैशाख २२, २०८३
- ख्वपखबर
भक्तपुरमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ आदर्शस्थित अरनिको...

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले घट्टेखोलाकाे छेउछाउमा घर बनाएर बस्नुहुने सम्पूर्ण स्थानीयबासीहरुलाई आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलअवस्थित रहेको स्थानीय घट्टेखोलामा बनिरहेको करिडोरको अनुगमन गर्ने क्रममा सो कुरा अनुरोध गरेका हुन् ।
मन्त्री थापाले बनिरहेको करिडोरका निमित्त प्रदेश सरकारले एक करोड ५० लाख छुटाइएको जानकारी दिए । उनले करिडोरको विषयलाई लिएर वडालाई बजेट विनियोजन भएसँगै चाँडो भन्दा चाँडो काम अगाडी बढाउन र विजुलीका पोललाई उपयुक्त ठाउँमा सार्न पनि निर्देशन दिएका छन् । गत महिना भएको वर्षाका कारण वडा नं. ४ र वडा नं. ५ जोडिने र आउँजाउँ गर्न मिल्ने पुल भाँचिएको हुनाले सम्पूर्ण टोलबासीहरुलाई वडा सँगसँगै एकअर्काको सहकार्यमा पुल बनाउन समिति बनाएर काम गर्न सहज हुने सुझाव उनले दिए ।

त्यस्तै सूर्यविनायक नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले घट्टेखोलामा बनिरहेको करिडोरका लागि सूर्यविनायक नगरपालिकाले १ करोड २० लाख, वडा नं. ५ ले १० लाख छुटाएको जानकारी दिँदै हाल ८० लाख सम्मको काम भइरहेको जनाए । यस करिडोर बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सनले लिएको हुँदा सकेसम्म चाँडै करिडोर बनेर यहाँका स्थानीयहरुलाई वर्षाको समयमा जोखिममुक्त बनाउने आशा राखेको पनि वदाध्यक्ष जाेशीले बताए । गत महिना वर्षाको समयमा भाँचिएको पुल बनाउन वडाले पनि ४ लाख बजेट छुटाएर काम अगाडी बढाउने प्रतिबद्धता उनले जनाए ।
समाजसेवी अनिता पाण्डेले गत वर्ष भीषण वर्षाका कारण स्थानीय घट्टेखोलामा आएको बाढी बस्तीमा पसेपछि करिब ३० घर डुबानमा परी स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको जानकारी दिइन् । बस्तीमा पसेको पानीले अधिकांश घरको भुइँतल्ला चार फिटसम्म पुरेर बिचल्ली हुने अवस्थाबारे चर्चा उनले गरिन् ।

त्यसकारण उहाँले स्वास्थ्य मन्त्री किरण थापा, वडाध्यक्ष राजकुमार जोशी, नगरपालिकाका प्रतिनिधि र सम्पूर्ण टोलबासीहरुलाई यस गडेधाराको घट्टेखोलामा सुरु भएको करिडोर निर्माण सकेभर चाँडै सिध्याउन आफ्नो आफ्नो तर्फबाट लाग्नुहुन आग्रह गर्दै आफू पनि यही टोलबासी भएको नाताले भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि सदैव अगाडी रहेर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सूर्यविनायक नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, समाजसेवी अनिता पाण्डे र वडा सदस्यहरुको टोलीसहित गएको शनिबार सो स्थानमा स्थलगत अनुगमन गरेका थिए ।

भक्तपुरमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ आदर्शस्थित अरनिको...
भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ दुधपाटी स्थित जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरलाई सुरक्षा...
भक्तपुर, मध्यपुर थिमी नगरपालिकाले बिस्का: जात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार...