“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख भरत मणि पाण्डेले विपद व्यवस्थापनमा सबै सम्बन्धित निकायहरु सक्रिय रुपमा लाग्न आग्रह गरेका छन् । प्रजिअ पाण्डेले आज मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रममा यस्तो अनुरोध गरेका हुन् ।
जोखिम न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासन सक्रिय भएको कुरा जानकारी गराउदै प्रजिअ पाण्डेले विपदको समयमा सम्बन्धित सबै संघसंस्थाहरुको साथ र सहयोगद्वारा जोखिम न्यूनीकरण गर्न सकिने बताए ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रममा बाढी र डुबानका क्षेत्रहरुको बारेमा प्रस्तुति गरिएको थियो ।
भक्तपुरमा रहेका चार वटा नगरपालिका सुर्यविनायक, चागुनारायण, मध्यपुर ठिमी र भक्तपुर नगपालिका भित्र बाढी र डुबानमा पर्न सक्ने जोखिमयुक्त क्षेत्र र बाढी, पहिरो तथा डुबान प्रभावितलाई स्थानान्तरणको सम्भावित वैकल्पिक स्थानहरु/खुला क्षेत्रहरुको विषयमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो चिरञ्जीवी भण्डारीले जानकारी गराए ।

साथै कार्यक्रममा चार वटा नगरपालिका, डिभिजन सडक कार्यालय भक्तपुर, विधुत प्राधिकरण, नेपाल टेलिकम, सरकारी अस्पताल, नेपाल रेडक्रस सोसाइटी, गैर सरकारी संस्था महासंघ भक्तपुर, जिल्ला जनस्वास्थ्य भक्तपुर, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र सिंचाई डिभिजनका प्रतिनिधिहरुले विपद व्यवस्थापनका विषयमा आ-आफ्नो क्षेत्रबाट केकस्ता तयारी भएका छन् सो बारेमा समेत जानकारी गराइएको थियो ।

बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...
भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको आज...