भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

मालपोत कार्यालय भक्तपुरका प्रमुख सहित अन्य दुई जना पक्राउ

  • ख्वपखबर
  • असार ३२, २०८२

मालपोत कार्यालय भक्तपुरका प्रमुख सहित अन्य दुई जना पक्राउ परेका छन् । २४ लाखभन्दा माथिको रकम बराबरको घुस सहित मंगलबार भक्तपुरको मालपोत कार्यालयका प्रमुख र भूमिसुधारका अन्य दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्य, भूमिसुधार शाखाका नायब सुब्बा दिपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आगोगका अनुसार कार्यालयबाट खटिई गएको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोवाइल डिभाइस २ थान र भूमिसुधार शाखाका नायब सुब्बा दिपक प्रसाद अधिकारीको साथबाट मोबाइल थान-१ तथा कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोवाइल थान-१ सहित घुस/रिसवत रकम रु. २४,५०,०००।- (चौबीस लाख पचास हजार रुपैयाँ) समेत भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट नियन्त्रणमा लिएको हो ।

आयोगले चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ घुस/रिसवत रु. २४,५०,०००।- (चौबीस लाख पचास हजार रुपैयाँ) माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अनुसन्धान गरेको जनाएको छ । आयोगका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित