भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

राजनितीमा अध्ययन हराउँदै

  • ख्वपखबर
  • साउन ६, २०८२

नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनितीमा अध्ययन हराउँदै गएको बताएका छन् । सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत केन्द्र विभागको आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

उपसभापति गुरुङले अध्ययन नभएको ठाउँमा झगडा हुने जनाए । उनले भने, “जहाँ अध्ययन हुँदैन त्यँहा ज्ञान हुँदैन, ज्ञान नभएको ठाउँमा बाहुबली हुन्छ, जहाँ बाहुबली हुन्छ त्यहाँ द्वन्द र झगडा हुन्छ । जहाँ द्वन्द, झगडा हुन्छ त्यहाँ विनाश निम्तिन्छ। नेपाली राजनीति झगडा र विनाश उन्मुख छ ।”

आजको पुस्ताले अध्ययनमा समय खर्चिन नचाहेको तर्फ संकेत गर्दै माइक र मंच पायोकि अरुलाई गाली मात्रै गर्ने यसको पछिल्लो उदाहरण भएको तर्क उनले गरे । अध्ययन नभएका कारण आजभोलि राजनीतिमा आउने बित्तिकै मैले के पाए भन्ने गरेको उनले उदाहरण दिए । उनले भने, “अध्ययन विना ज्ञान हुँदैन ज्ञान नभएको ठाउँमा मैले के पाए भन्ने मात्र हुन्छ ।”

Your email address will not be published. Required fields are marked *

सम्बन्धित