राजनितीमा अध्ययन हराउँदै

  • ख्वपखबर
  • साउन ६, २०८२

नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनितीमा अध्ययन हराउँदै गएको बताएका छन् । सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत केन्द्र विभागको आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

उपसभापति गुरुङले अध्ययन नभएको ठाउँमा झगडा हुने जनाए । उनले भने, “जहाँ अध्ययन हुँदैन त्यँहा ज्ञान हुँदैन, ज्ञान नभएको ठाउँमा बाहुबली हुन्छ, जहाँ बाहुबली हुन्छ त्यहाँ द्वन्द र झगडा हुन्छ । जहाँ द्वन्द, झगडा हुन्छ त्यहाँ विनाश निम्तिन्छ। नेपाली राजनीति झगडा र विनाश उन्मुख छ ।”

आजको पुस्ताले अध्ययनमा समय खर्चिन नचाहेको तर्फ संकेत गर्दै माइक र मंच पायोकि अरुलाई गाली मात्रै गर्ने यसको पछिल्लो उदाहरण भएको तर्क उनले गरे । अध्ययन नभएका कारण आजभोलि राजनीतिमा आउने बित्तिकै मैले के पाए भन्ने गरेको उनले उदाहरण दिए । उनले भने, “अध्ययन विना ज्ञान हुँदैन ज्ञान नभएको ठाउँमा मैले के पाए भन्ने मात्र हुन्छ ।”

Your email address will not be published. Required fields are marked *

सम्बन्धित