पाला(दियो)को माग पूरा गर्न व्यस्त प्रजापति समुदाय
- अशोज २८, २०८२
- निशा कुस्मा/ ख्वपखबर
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
 
    						भक्तपुरको सूर्यविनायकमा दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । मंगलबार भक्तपुर नगरपालिका वडा नं. ४ स्थित भुलांचा चोकमा दुर्घटना हुँदा सो वृद्धको मृत्यु भएको हो ।
मंगलबार बिहान ११:२० बजे काठमाडौँबाट बनेपा तर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका अनुसार मृत्यु हुने भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ लुँथान्बू बस्दै आएकी ७१ वर्षीय सुवर्णकेशरी श्रेष्ठ रहेको छ ।
बाटो काट्ने क्रममा बसले ठक्कर दिंदा गम्भीर घाइते भएका उनको उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा मंगलबार ११:३५ बजेको समयमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको हो ।
घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटाईएको प्रहरी टोलीले ठक्कर दिने बस र चालक जिल्ला नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने बर्ष २८ को निल कुमार तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...
४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) भक्तपुरको इटाछेंमा हुने भएको छ ।...