भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

सूर्यविनायकको दुर्घटनामा ७१ वर्षीय वृद्धको मृत्यु

  • ख्वपखबर
  • साउन ६, २०८२

भक्तपुरको सूर्यविनायकमा दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । मंगलबार भक्तपुर नगरपालिका वडा नं. ४ स्थित भुलांचा चोकमा दुर्घटना हुँदा सो वृद्धको मृत्यु भएको हो ।

मंगलबार बिहान ११:२० बजे काठमाडौँबाट बनेपा तर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका अनुसार मृत्यु हुने भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ लुँथान्बू बस्दै आएकी ७१ वर्षीय सुवर्णकेशरी श्रेष्ठ रहेको छ ।

बाटो काट्ने क्रममा बसले ठक्कर दिंदा गम्भीर घाइते भएका उनको उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा मंगलबार ११:३५ बजेको समयमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको हो ।

घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटाईएको प्रहरी टोलीले ठक्कर दिने बस र चालक जिल्ला नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने बर्ष २८ को निल कुमार तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित