भिसा पाएसंगै सोमबार यूएई जाने तयारीमा नेपाली खेलाडी
- अशोज ५, २०८२
- ख्वपखबर
यूएईको भिसा पाएसंगै नेपाली खेलाडी सोमबार यूएई जाने तयारीमा जुटेका छन् । यूएईमा हुने...
वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा भक्तपुरका बसिल त्वायनाले रजत पदक जितेका छन् । उज्बेकिस्तानको ताशकेंट शहरमा आयोजना गरिएको सो च्याम्पियनशिपमा त्वायनाले रजत पदक जितेका हुन् ।
च्याम्पियनशिप यही जुलाई २३ देखी २७ तारीक सम्म आयोजना गरिएको थियोे । प्रतियोगिताको दोश्रो दिन ८०-८५ केजी तौल समूहमा उज्बेकिस्तान, फ्रान्स, अजरबैजान र नेपालका खेलाडीबीच लिग चरणमा खेलाईएको खेलमा नेपालका बसिलले पहिलो खेलमा आयोजक उज्बेकिस्तानका खेलाडी जीदीरोभ मोहम्मदलाई हराई ३ अंक हासिल गरेका थिए भने दोश्रो खेल अजरबैजानको खिलाडी मेहमेद सुलेमनोभलाई पराजित गरी ६ अंक बटुली तेसरो खेलमा फ्रान्सका खिलाडी मलभिन पेरीईले वॉकओवर दीदा ९ अंक बटुली फाइनल प्रबेश गरेका थिए ।
७ अंक बटुली फाइनल प्रबेश गरेका फ्रान्सकै खेलाडी मलभिन पेरीई बीच तेश्रो दिन भयको फाइनल खेलमा भने नेपालका बसिल पराजित भई रजत पदकमै चित्त बुझाउनु परेको थियो । करीब दुइ वर्ष अगाडि मात्र नेपाल भित्रिएको यस सभात खेलको बिश्व प्रतियोगीतामा आफ्नो खेलाडीले सभातको पावर हाउस मानीने देशहरूलाई पराजित गरी सभात खेलको जन्मदाता देश फ्रान्सको खेलाडी संग फाइनलमा उत्कृष्ट प्रदर्शनको बाबजुद पराजित भई रजत पदकमै चित्त बुझाउनु परेपनि एकदम गर्व महसुस भएको नेपाल साभातका संस्थापक अध्यक्ष तथा टीम कोच एवं एशियन सभात कन्फिडेरेशनका कार्यकारी सदस्य समेत रहेका लक्ष्मण बस्नेत बताउँछन् ।
नेपालको खेलाडी फाइनल प्रबेश गरी फ्रान्स जस्तो नम्बर वन टीमको खिलाडीसंग पराजित भएपनी धेरै देशका कोच तथा खिलाडीहरू प्रभावित भएको प्रशिक्षक लक्ष्मण बस्नेतले बताए । यस खेललाई नेपालका तीनै तहका सरकारले लगानी गरी सहयोग गर्ने हो भने नेपाललाई पनि सभात खेलको पावर हाउस मध्य एक बनाईं विश्वमा नेपालको शिर उच्च राख्न सकिने आत्मबिश्वास रहको प्रशिक्षक बस्नेतको ठहर छ ।
यूएईको भिसा पाएसंगै नेपाली खेलाडी सोमबार यूएई जाने तयारीमा जुटेका छन् । यूएईमा हुने...
भक्तपुरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरुले समेत सहभागिता जनाएको छ । भक्तपुर युवा...
भक्तपुरमा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२’ हुने भएको छ । यही जेष्ठ...