भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु
- बैशाख २२, २०८३
- ख्वपखबर
भक्तपुरमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ आदर्शस्थित अरनिको...

मध्यपुर थिमी नगरपालिका बालकुमारी निवासी श्री बिरेन्द्र भक्त गजु श्रेष्ठले चौथो पटक जिब्रो छेड्ने भएका छन् । श्रेष्ठले येंया पुन्ही( इन्द्रजात्रा )को अवसर परेर यस वर्ष चौथो पटक जिब्रो छेड्ने भएका हुन् ।
श्रेष्ठले पहिलो पटक बि.सं २०७४मा पहिलो पटक छेडेका थिए । दोश्रो पटक बि.सं २०७९ मा र तेश्रो पटक २०८१ मा जिव्रो छेडेका थिए । गत साल भ्ये (महादिप ) बोकी पशुपतिनाथको परिक्रमा गरेका थिए भने यस वर्ष भक्तपुर कै दत्तात्रेय मन्दिर परिक्रमा गरिने जनाइएको छ ।

यस्तो छ येंया पुन्हि थिमिया मेंय् प्वाः खनेगु जात्राको इतिहास
नेपाल मण्डलको मानविय सुसंस्कृत बस्तिको रुपमा प्रख्यात तीन शहरहरु काठमाडौं, ललितपुर र भक्तपुरको मध्य भागमा अवस्थित ऐतिहाँसिक तथा साँस्कृतिक रुपमा परिचित नगरको नाम हो, मध्यपुर थिमि । यस नगरमा अझ अरु नगरहरुमा जस्तै आफ्नो मौलिक पहिचान बनाउँन विभिन्न रिति रिवाज, चालचलन, भेष भुषा, लवाई खवाई र साँस्कृतिक पहिचानले मानव बस्तिको भौगोलिक अवस्था अनुसार चाँड पर्व जात्रा आदि एकिकृत गरी साँस्कृतिक रुपमा यस नगर भिन्नै प्रकारको मौलिक ढाँचामा लयबद्ध रुपमा सञ्चालित गथा मुगः चहे, गुन्पुन्हि (जनै पूर्णिमा), सापारु (गाईजात्रा), जुगः चहे, गैल प्याखं (भैरव नाच), निलबाराही गण प्याखं, पुलु किसि, महाँकालि प्याखं, लुसि प्याखं, विस्का जात्रा (भुयुसिन्ह जात्रा), खाँ पिहावय्गु जात्रा (खड्क जात्रा) आदि जात्रा पर्वहरुलाई मानव उन्मुक्तिको उत्सवको रुपमा सञ्चालित हुँदै आएको छ । जात्रा, पर्व र चाँडहरु किन, कसरी र कसको व्यवस्थापनमा सञ्चालन भए भन्नेबारे हामीले युग सुहाउँदो ढंगले अध्ययन अनुसन्धान गर्दै लोपन्मुख जात्राहरुलाई निरन्तरता गर्नु आजको आवश्यकता हो । माथि उल्लेखित जात्रा पर्वहरु मध्ये जिवन्त रुपमा परिचित मानव संवेदनशील अंग मध्येको एक जिब्रो (गेंय्) मा कम्तिमा १० इन्चको फलामको सुईरो (नातु) ले छेडि मनाउँने जिब्रो छेड्ने जात्रा पौराणिक कालदेखि चल्दै आएको छ ।
परिवेश र परिस्थितिलाई मध्ये नजरमा राखि मानविय श्रमबाट मुक्त अवस्थालाई मनोरञ्जन दिई मानव बस्तिमा आई पर्ने दैविक तथा प्राकृतिक विपत्तिलाई पन्छाउँने उदेश्य अनुरुप यस जात्रा चलि आएको पौराणिक कथन रहिआएको छ । पौराणिक कथन अनुसार परापूर्वकालमा मध्यपुर थिमिका स्थानिय बासिन्दाहरुमा विभिन्न खालका रोग, डर र भयले त्रसित बनाई दिई भयभित मानविय मनलाई शान्ति दिलाई सुख चयनले बाच्न दिने अभिप्रायले कल्याणी भाव भएका एक महान मानवले आराध्यदेवी श्री ३ बालकुमारी माईको साधना गरी वहाँको दिव्य उपदेशलाई मनन गरी थिमि बासीहरुको साथ सहयोग लिई भाद्र शुक्ल पूर्णिमाका दिन एक साहसिक निर्भिक व्यक्तिलाई कम्तिमा १० इन्चको फलामको सियो (नातु) ले जिब्रो छेडर मेंय् प्वाः खना (जिब्रो छेहि) नगर परिक्रमा गराईयो । ती साहसिक व्यक्तिले आफ्नो पिडालाई वास्ता नगरी थिमि भेगको मात्र होईन आफ्नो बस्ति आसपासमा पनि भूत प्रेत र पिचास होलान् र तिनीहरुलाई पनि भगाउनु पर्छ नत्र बाहिरको त्यस्ता भूतप्रेत पिचास रुपि तत्वहरुले फेरि पनि दुःख देला भनि सोचे र चाँगुनारायण, गुहेश्वरी, पशुपतिनाथ मन्दिर आदि स्थानहरुमा (ज्ये) महादिप तथा आकाशदिप (याँ मत) अगाडि पछाडी लिई घुमेर यस नगर क्षेत्रको मानव मललाई शान्तिको महशुस दिलाई चयनका साथ बस्न लगाएको, बस्तिमा सुरक्षा र सहकाल आएको आम जनधारणा छ ।
यस ऐतिहाँसिक जात्रा वि. सं. २०२६ साल देखि लुप्त भईसकेको अवस्थालाई पुनः सञ्चालन गर्न वि.सं. २०५० सालमा मध्यपुर थिमि चोडे टोल निवासी श्री कृष्ण नानी श्रेष्ठ ज्यूले ३ पटक (वि.सं.२०५०, २०५७ र २०६३) जिब्रो छेडेर मेंय् प्वाः खना जात्रालाई जिवन्त प्रदान गरे । यस जिब्रो छेड्ने जात्राका कममा थुप्रै व्यक्तिहरुलाई भोज खुवाउँनु पर्ने तथा जात्राको प्रवन्ध पनि आफै मिलाउन पर्ने भएकोले थुप्रै आर्थिक रकमको आवश्यकता पर्दछ । आफ्नो जिब्रो पनि छेडाउँनु अनि जात्रा खर्च पनि आफै मिलाउन पर्ने जस्ता विविध समस्याले गर्दा विगत वि.सं. २०६३ साल देखि सञ्चालन हुन नसकेको जात्रा वि.सं. २०७४ सालबाट स्थानीय युवाहरु, संस्कृति प्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रतिनिधीहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गर्ने गरी मध्यपुर नगरपालिकाको आर्थिक सहयोगमा मध्यपुर थिमि वडा नं. ८ बालकुमारी निवासी श्री बिरेन्द्र भक्त गजु श्रेष्ठ ज्यूले जिब्रो छेडेर (मैय् प्वाः सना) लोपन्मुख जात्रालाई निरन्तरता दिएका थिए ।
यसरी प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन साँझ मध्यपुर थिमि वडा नं. ५ दिगु टोल स्थित दिगु भैरब मन्दिर (प्रचण्ड भैरब) अगाडिको डबलीमा जिब्रो छेडाउने गरिन्छ । जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडी देखि नै तयारी गर्नुपर्ने हुन्छ । जिब्रो छेड्ने सुईरो नातु बनाउँनका लागि करिब एक महिना अगाडी सुईरो नातु बनाउँने नकर्मीलाई खबर गर्न जानु पर्दछ । सुईरो नातु बनाउन खबर गर्न जाँदा पूजा सामाग्री, तोरीको तेल, कपास, रातो भाले, समेबजि सहित नकर्मीको घरमा पूजा दिईने गरिन्छ। नकर्मीले (नातु) सुईरो बनाईसकेपछि फलामको सुईरो भएकोले खिया नलागोस भनि ३ हप्ता जति शद्ध तोरीको तेलमा (नातु) सुईरोलाई डुबाएर राखेको हुन्छ । यस जात्रामा तीनवटा (सियो) सुईरोलाई माथिको भाग एउटै बिन्दु बनाई तलको भाग जिब्रोमा छेड्न तीनवटा सुईरो बनाएको हुन्छ । यस जिब्रो छेड्ने जात्रा हुन ८ आठ दिन अगाडिबाट गुरुहरु सम्मिलित भएर बिभिन्न किसिम र तरिकाबाट पूजाहरु शुरु हुन थाल्छ । यस जात्रामा पूजा सम्बन्धी कार्य थिमिका जामनः थर भएका गरुबाट हुने तथा जिब्रो छेड्न थिमिका कःमि थरका कःमि नायोको हातबाट फलामको सियो (सुईरो) नातुले जिब्रो छेडिन्छ । साथै जात्रामा जिब्रो छेडी परिक्रमा गर्ने कममा जिब्रो छेड्ने व्यक्तिको अगाडी पछाडी याँ मतः बाली बाटो पहिल्याउन थिमिका थाथु सा र कोथु सा का मानन्धर समुदायको पनि विषेश भुमिका हुन्छ ।
मध्यपुर थिमिको येंया पुन्हिको जिब्रो छेड्ने जात्रा लाल मोहर भएका सरकारी सहयोग तथा मान्यता प्राप्त जात्रा हो। जिब्रो छेडाउँदा राजदरवार स्रोतको सहभागिता समेत भएको देखिन्छ । जिब्रो छेड्ने जात्राको अघि थिमिको लाय्कुका पःमा (तत्कालिन राज्य संचालक) हरुले अहिले पनि हनुमानढोका दरवारमा गएर राजखड्ग लिएर सिद्धिकाली मन्दिर परिसरबाट बाजा गाजा सहित नगर परिक्रमा गरी जिब्रो छेड्ने दिन पःमा आफैले बोकी डबलीमा राखेको हुन्छ । पहिला पहिला यो जिब्रो छेड्ने जात्रा मध्यपुर थिमि स्थित लाय्कु दरबार भित्र रहेका पःमा (तत्कालिन राज्य संचालक) हरुबाट बि.सं.२०२६ सम्म, सञ्चालन गरेको हाल पनि यसका जानकारहरु बताउँछन् ।
भक्तपुरमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ आदर्शस्थित अरनिको...
भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ दुधपाटी स्थित जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरलाई सुरक्षा...
भक्तपुर, मध्यपुर थिमी नगरपालिकाले बिस्का: जात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार...