रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

भक्तपुर, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर सुनको कचौरा भए पनि यसलाई स्थानीयले पित्तलको कचौरा बनाएको टिप्पणी गरेका छन् । नगरपालिकाले आयोजना गरिएको मन्दिर व्यबस्थापन सम्बन्धी छलफलमा नगर प्रमुख खत्रीले यस्तो टिप्पणी गरेका हुन् ।
नगर प्रमुख खत्रीले भने, “यो मन्दिर यहाँका वासिन्दाका लागि सुनको कचौरा हो तर स्थानीयले अपनत्व नलिदाँ पित्तल बनाईएको छ । यसलाई खिया लागेर जानबाट जोगाउँ भनिरहेको छु । यहाँ त मन्दिरको संरचनालाई मेरो र तेरो भनेर व्यक्तिगत रुपमा प्रयोग गरेका छन्, सत्तलसमेत च्यापेर राखेका छन्, चाबी लगाएर राखेका छन्, समुदायले अपनत्व लिन नसक्दा समस्या झेलिरहेको छ ।”
नगरपालिकाले के गर्नु पर्छ, वडा कार्यालयले के गर्नु पर्छ गर्छौ तर समितिले के गर्ने, पुजारीहरुले के गर्ने, समुदायले के गर्ने हो, त्यो पनि प्रष्ट भए नगरपालिका मन्दिरका लागि २० करोड लगानी गर्न पनि तयार रहेको उनले जनाए ।
मन्दिरको भेटी व्यबस्थापन गर्दै कोष बनाएर अगाडि बढे नगरपालिकाले लगानी गर्न तयार रहेको नगरप्रमुख खत्रीले बताए । उनले मन्दिरमा भएको कुनै पनि किसिमको आम्दानी, भेटी पारदर्शी भए पुस्तौदेखि चलिआएको पुजारीलाई जीवन धान्न पुग्ने गरि भोलीको भविष्य समेत सुरक्षित हुने गरि तलबको व्यबस्थापन गर्ने बताए ।
नगर प्रमुख खत्रीले भने, “यहाँको आम्दानी देखाऔँ, भेटी व्यबस्थित गरौँ, कति करोड लाग्छ हामी खर्च गर्न तयार छौँ । मन्दिरका मूल पुजारी, अन्य सहायक पुजारी, अरु मन्दिरका पुजारीलाई कति तलब चाहिने हो ? उहाँको पुस्तौदेखि चलिआएको पुजारीलाई जीवन धान्न पुग्ने गरि भोलीको भविष्य समेत सुरक्षित हुने गरि तलबको व्यबस्थापन गर्छौ, जात्रा, पर्व, परम्परा चलाउँछौँ तर त्यहाँबाट भएको कुनै पनि आम्दानी पारदर्शी हुनुपर्यो, एक रुपैयाँ मात्रै आम्दानी भए पनि सरकारी राजस्वमा दाखिला हुनु पर्यो ।”
चाँगुनारायण मन्दिरको विशेषतालाई विश्वभर प्रचार गर्न सके पर्यटकको ओइरो लाग्ने बताउदै उहाँले पशुपति मन्दिरमा आउने पर्यटक मध्ये २ प्रतिशत मात्रै वैष्णव धर्म मान्ने पर्यटकहरुलाई यस मन्दिरमा ल्याउन सके यहाँको आम्दानीले नै सबै खर्च धान्न सक्ने उनको भनाइ छ ।
चाँगुनारायण मन्दिरलाई पशुपति विकास कोषको मोडालिटीमा लैजाने तयारी
नेपाल सरकारले पशुपति विकास कोषको मोडालिटीमा लैजानु पर्ने प्रमुख खत्रीले बताए । प्रमुख खत्रीले भने, “चाँगुनारायण मन्दिरलाई पशुपति विकास कोषको मोडालिटीमा लैजान नगर कार्यपालिका बैठकले निर्णय गरेर सरकारलाई पत्राचार गरिसकेका छौँ, संस्कृति तथा पर्यटन मन्त्रालयलाई पनि पत्र पठाएर अनुरोध गरेका छौँ । चाँगुनारायण मन्दिरलाई नेपाल सरकारले सञ्चालन गरेर छिट्टै व्यबस्थापन गर्नु जुरुरी छ ।”
चाँगुनारायण मन्दिरमा चार बिभिन्न समिति रहेपनि समितिबीच अन्तरसंघर्ष र द्धन्द्धले मन्दिरको विकास एवं व्यबस्थापनमा समस्या आएका भन्दै उनले पुजारीहरुमा समेत अन्तरसंघर्ष रहेकाले समस्या बढ्दै गएको बताए ।
पुरातत्व विभागले यसको विकासमा प्रभावकारी कार्य गर्न नसकेको र गुठी संस्थानले आफ्नो नाममा रहेको सम्पत्ति संरक्षणमा समेत चासो नदिदाँ मन्दिरको नाममा रहेको कयौ जग्गा, सम्पत्ति र सम्पदासमेत व्यक्तिले कब्जा गरेको पाईएको छ । स्थानीयवासीका अनुसार चाँगुनारायणको मूल मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर महादेव मन्दिरमा छुट्टा छुट्टै पुजारी रहेको र पुजारीबीच नै संघर्ष रहेको, तीन वटै मन्दिरको भेटी पुजारी आफैले राख्ने गरेको, सत्तलमा समेत ताल्चा मारेर कब्जा गरेको, विदेशीलाई सत्तल भाडामा दिएको, मूल ढोका र मन्दिर परिसरमै पसल सञ्चालन गरेको, मन्दिर क्षेत्रमै फोहोर थुपारिदिने गरेको लगायत अनगिन्ती समस्याहरु रहेका छन् ।
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...