अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

भक्तपुर, मध्यपुर थिमी नगरपालिकाको बाहखाबजार बुधवारबाट बुलेट बाईकको ५ दिने एक्सचेञ्ज मेला सुरु भएको छ । भाद्र ११ गते बुधबारबाट बुलेट बाईकको ५ दिने एक्सचेञ्ज मेला सुरु भएको हो ।
भाद्र ११ गते देखी १५ गतेसम्म फाइनान्सको सुबिधा सहित बुलेट बाईकको एक्सचेञ्ज मेला संचालन गरिने रोयल इनफिल्ड शोरुम भक्तपुर सल्लाघारी भिंटाज मोटो क्याफे प्रा.लि.का संचालक दिनेश कासुलाले जानकारी दिएका छन् । संचालक कासुलाका अनुसार रोयल इनफिल्ड (बुलेट) बाइकको यो एक्सचेन्ज मेला नेपाल मै पहिलो पटक भएको हो ।

बुलेट बाइक चलाउन चाहनेहरुले यो मेला अवधिभरि कुनै पनि कम्पनीको बाइक लिएर आएमा राम्रो मूल्यङ्कण गरि एक्सचेञ्ज गरि दिने ब्यवस्था रहेको र फाइनान्सको पनि राम्रो ब्यवस्था रहेको कासुलाले जनाए । उनका अनुसार बुलेट बाइकहरुको पार्ट सर्भिसिङमा पनि राम्रो सुविधा र ब्यवस्था रहेको छ ।

यस कम्पनीले बाइक मात्र होइन बाइक चलाउन्दा सुरक्षाको लागि चाहिने सम्पूर्ण सामानहरु पनि सुपथ मुल्यमा उपलब्ध गराउने भिंटाज मोटो क्याफे प्रा.लि.का इन्चार्ज बबिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार एक्सचेञ्ज मेलामा चार वटा भेरेन्टका ७ वटा कलरका बाइकहरु उपलब्ध रहेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...