काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

भक्तपुर, मध्यपुर थिमी नगरपालिकाको बाहखाबजार बुधवारबाट बुलेट बाईकको ५ दिने एक्सचेञ्ज मेला सुरु भएको छ । भाद्र ११ गते बुधबारबाट बुलेट बाईकको ५ दिने एक्सचेञ्ज मेला सुरु भएको हो ।
भाद्र ११ गते देखी १५ गतेसम्म फाइनान्सको सुबिधा सहित बुलेट बाईकको एक्सचेञ्ज मेला संचालन गरिने रोयल इनफिल्ड शोरुम भक्तपुर सल्लाघारी भिंटाज मोटो क्याफे प्रा.लि.का संचालक दिनेश कासुलाले जानकारी दिएका छन् । संचालक कासुलाका अनुसार रोयल इनफिल्ड (बुलेट) बाइकको यो एक्सचेन्ज मेला नेपाल मै पहिलो पटक भएको हो ।

बुलेट बाइक चलाउन चाहनेहरुले यो मेला अवधिभरि कुनै पनि कम्पनीको बाइक लिएर आएमा राम्रो मूल्यङ्कण गरि एक्सचेञ्ज गरि दिने ब्यवस्था रहेको र फाइनान्सको पनि राम्रो ब्यवस्था रहेको कासुलाले जनाए । उनका अनुसार बुलेट बाइकहरुको पार्ट सर्भिसिङमा पनि राम्रो सुविधा र ब्यवस्था रहेको छ ।

यस कम्पनीले बाइक मात्र होइन बाइक चलाउन्दा सुरक्षाको लागि चाहिने सम्पूर्ण सामानहरु पनि सुपथ मुल्यमा उपलब्ध गराउने भिंटाज मोटो क्याफे प्रा.लि.का इन्चार्ज बबिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार एक्सचेञ्ज मेलामा चार वटा भेरेन्टका ७ वटा कलरका बाइकहरु उपलब्ध रहेको छ ।

नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...