भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

प्रथम जिल्ला व्यापी चाणक्य तीज नृत्य प्रतियोगितामा नवरत्न लाइफ स्कूल बिजयी

  • ख्वपखबर
  • भदौ १०, २०८२

प्रथम जिल्ला व्यापी चाणक्य तीज नृत्य प्रतियोगितामा नवरत्न लाइफ स्कूल बिजयी भएको छ । चाणक्य स्कूल एण्ड कलेजले आयोजना गरेको सो प्रतियोगितामा दुई सय ३५ अंक हासिल गरि प्रतियोगिताको बिजयी बन्न सफल भएको हो ।

त्यस्तै गरि दुई सय ३२ अंकले पारागन एकेडेमी द्वितीय, दुई सय ३० अंकले युनिक नेपाल एकेडेमी तृतीय, दुई सय २८ र दुई सय २० अंक हासिल गरि मित्रश्री पाठशाला तथा स्मल किड्स एकेडेमीली सान्त्वना स्थान प्राप्त गरेको थियो ।

साथै प्रथम जिल्ला व्यापी चाणक्य तीज नृत्य प्रतियोगिताको लागि नित्य निर्देशन गर्ने उत्कृष्ट निर्देशकको शिर्षकमा ज्ञान सुधा पाठशालाका नृत्य निर्देशक पुर्णिामा विश्वकर्मालाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी मध्यपुर थिमी नगरपलिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमध्येमा आफूलाई नृत्य प्रतियोगिता उत्कृष्ट लागेको बताएका छन् । नगरप्रमुख श्रेष्ठले गत साल मध्यपुर थिमी नगरपालिकाले नृत्य प्रतियोगिता आयोजना गर्दै गर्दा खुसी मिलेको बताए । उनले नृत्य मार्फत देश भरका विभिन्न जातजातिको भेषभूषा, रहनसहन, परम्परा, संस्कृतिको उजागर गर्नका साथै भाव व्यक्त गर्न सकिने जनाए ।

प्याब्सन बाग्मती प्रदेशका अध्यक्ष मुरारी संजेलले तीज नेपाली महिलाको उल्लसमय चाँड रहेको बताए । तीजलाई सुख दुख सत्ने पर्वको रुपमा लिने गरेको उनको भनाइ छ । अध्यक्ष संजेलले तीजको गीतमा भएको दुख सुखका भाव, कथा र गाथालाई मनन गर्न प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुलाई आग्रह समेत गरे ।

भक्तपुर प्यब्सनका कोषाध्यक्ष निलेश आचर्यले जजहरुले गरेको नतिजाको कदर गर्न आग्रह गरेका छन् । जजहरुले गरेको निर्णय भनेको छेनिक मात्र रहेको र प्रतियोगितामा सहभागिता जनाउदा नै सलफ भएको उनको ठम्याई छ । कोषाध्यक्ष आचर्यले यस्ता कार्यक्रम आगमी २५ वर्ष सम्म सुचारु गर्न सकुन भन्ने शुभकामना व्यक्त गरेका छन् ।

चाणक्य स्कुल एण्ड कलेजका प्रधानाध्यापक गणेशबाबु पोख्रेलले आफ्नो परम्परा संस्कृतिको महत्त्व बुझाउन यस्तो कार्यक्रम आयोजना गरेको बताए । तीजको महोत्त्व र महिमाको बारेमा बुझाउन तीजको गीत संगीतको सृजना गर्ने सर्जकहरुलाई विशेष धन्यवाद प्रकट गरे ।

प्रतियोगितामा बजेका तीजको गीतहरु मध्ये धेरै बिष्णु माझीको गीतमा नृत्य प्रस्तुत भएकाले उनलाई विशेष धन्यवाद दिना चाहेको विचार व्यक्त गरे । प्रधानाध्यापक पोख्रेलले नृत्य प्रयियोगितामा सहभागिता जनाएका विद्यार्थीहरुलाई आगामी दिनहरुमा नृत्यका साथै नृत्य प्रस्तुत गर्दा आफ्नो पोशाक देखि लिएर गीतको बोलीमा पनि ध्यान पुर्याउन आग्रह गरेका छन् ।

चाणक्य तीज नृत्य प्रतियोगितामा २४ विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित