भर्खरै :
५८ करोडको भ्रष्टाचार : प्रमुख थापासहित १२ विरुद्ध मुद्दा दर्ता | डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको कदम | नेसनल प्याव्सनको वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड र युनिटी विजयी | जितेन्द्र रसिकको बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक | अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथि चुनौती : राष्ट्रपति पौडेल | गोदावरी नगरपालिकाका इन्जिनियर विष्टविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा | गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता | जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न नेमकिपाका उम्मेदवार सुवालको आग्रह | स्वास्थ्य मन्त्री शर्माद्वारा डडेल्धुरा अस्पतालको अनुगमन तथा निरीक्षण | “चुनावमा उठ्ने नउठ्ने निर्णय गरेको छैन ।” |

प्रथम जिल्ला व्यापी चाणक्य तीज नृत्य प्रतियोगितामा नवरत्न लाइफ स्कूल बिजयी

  • ख्वपखबर
  • भदौ १०, २०८२

प्रथम जिल्ला व्यापी चाणक्य तीज नृत्य प्रतियोगितामा नवरत्न लाइफ स्कूल बिजयी भएको छ । चाणक्य स्कूल एण्ड कलेजले आयोजना गरेको सो प्रतियोगितामा दुई सय ३५ अंक हासिल गरि प्रतियोगिताको बिजयी बन्न सफल भएको हो ।

त्यस्तै गरि दुई सय ३२ अंकले पारागन एकेडेमी द्वितीय, दुई सय ३० अंकले युनिक नेपाल एकेडेमी तृतीय, दुई सय २८ र दुई सय २० अंक हासिल गरि मित्रश्री पाठशाला तथा स्मल किड्स एकेडेमीली सान्त्वना स्थान प्राप्त गरेको थियो ।

साथै प्रथम जिल्ला व्यापी चाणक्य तीज नृत्य प्रतियोगिताको लागि नित्य निर्देशन गर्ने उत्कृष्ट निर्देशकको शिर्षकमा ज्ञान सुधा पाठशालाका नृत्य निर्देशक पुर्णिामा विश्वकर्मालाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी मध्यपुर थिमी नगरपलिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमध्येमा आफूलाई नृत्य प्रतियोगिता उत्कृष्ट लागेको बताएका छन् । नगरप्रमुख श्रेष्ठले गत साल मध्यपुर थिमी नगरपालिकाले नृत्य प्रतियोगिता आयोजना गर्दै गर्दा खुसी मिलेको बताए । उनले नृत्य मार्फत देश भरका विभिन्न जातजातिको भेषभूषा, रहनसहन, परम्परा, संस्कृतिको उजागर गर्नका साथै भाव व्यक्त गर्न सकिने जनाए ।

प्याब्सन बाग्मती प्रदेशका अध्यक्ष मुरारी संजेलले तीज नेपाली महिलाको उल्लसमय चाँड रहेको बताए । तीजलाई सुख दुख सत्ने पर्वको रुपमा लिने गरेको उनको भनाइ छ । अध्यक्ष संजेलले तीजको गीतमा भएको दुख सुखका भाव, कथा र गाथालाई मनन गर्न प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुलाई आग्रह समेत गरे ।

भक्तपुर प्यब्सनका कोषाध्यक्ष निलेश आचर्यले जजहरुले गरेको नतिजाको कदर गर्न आग्रह गरेका छन् । जजहरुले गरेको निर्णय भनेको छेनिक मात्र रहेको र प्रतियोगितामा सहभागिता जनाउदा नै सलफ भएको उनको ठम्याई छ । कोषाध्यक्ष आचर्यले यस्ता कार्यक्रम आगमी २५ वर्ष सम्म सुचारु गर्न सकुन भन्ने शुभकामना व्यक्त गरेका छन् ।

चाणक्य स्कुल एण्ड कलेजका प्रधानाध्यापक गणेशबाबु पोख्रेलले आफ्नो परम्परा संस्कृतिको महत्त्व बुझाउन यस्तो कार्यक्रम आयोजना गरेको बताए । तीजको महोत्त्व र महिमाको बारेमा बुझाउन तीजको गीत संगीतको सृजना गर्ने सर्जकहरुलाई विशेष धन्यवाद प्रकट गरे ।

प्रतियोगितामा बजेका तीजको गीतहरु मध्ये धेरै बिष्णु माझीको गीतमा नृत्य प्रस्तुत भएकाले उनलाई विशेष धन्यवाद दिना चाहेको विचार व्यक्त गरे । प्रधानाध्यापक पोख्रेलले नृत्य प्रयियोगितामा सहभागिता जनाएका विद्यार्थीहरुलाई आगामी दिनहरुमा नृत्यका साथै नृत्य प्रस्तुत गर्दा आफ्नो पोशाक देखि लिएर गीतको बोलीमा पनि ध्यान पुर्याउन आग्रह गरेका छन् ।

चाणक्य तीज नृत्य प्रतियोगितामा २४ विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित