भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

मौलिक कला संस्कृति, सीप, सम्पदा संरक्षण गर्नु सबैको साझा कर्तव्य: मेयर प्रजापति

  • ख्वपखबर
  • भदौ १३, २०८२

भक्तपुर, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मौलिक कला संस्कृति, सीप, सम्पदा संरक्षण गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन् । बिहिबार भादगाउँले कालो टोपी उद्योग संघको प्रथम वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले यस्तो बताएका हुन् ।

भादगाउँले टोपीले भक्तपुरको विशेषता झल्काउने हुँदा यसको गुणस्तर कायम गर्नेतर्फ संघ प्रतिबद्ध हुनुपर्ने नगर प्रमुख प्रजापतिले जनाए । उनले भक्तपुर अध्ययन अनुसन्धान गर्नेहरुको लागि खुल्ला किताबको रुपमा रहेको बताउँदै कला संस्कृतिका जीवन्त प्रदर्शनीले भक्तपुरलाई खुल्ला संग्रहालयको रुपमा चित्रण गरिरहेको बताए ।

भक्तपुरको मौलिक सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न सके पनि यसले जीवन्तता पाउने बताउँदै उनले विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रमाणपत्रसँगसँगै सीपमूलक तालिमको प्रमाणपत्र दिने उद्देश्यले नपाले विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।

प्रमुख प्रजापतिले भने, “भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै आएको छ, यहाँका युवा विद्यार्थीहरुलाई आफ्नो भविष्य विदेशमा होइन, आफ्नै देशमा मेहेनत गर्न सिकाउने प्रयत्न गरिरहेका छौं ।”

Your email address will not be published. Required fields are marked *

सम्बन्धित