रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

भक्तपुर, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मौलिक कला संस्कृति, सीप, सम्पदा संरक्षण गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन् । बिहिबार भादगाउँले कालो टोपी उद्योग संघको प्रथम वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले यस्तो बताएका हुन् ।
भादगाउँले टोपीले भक्तपुरको विशेषता झल्काउने हुँदा यसको गुणस्तर कायम गर्नेतर्फ संघ प्रतिबद्ध हुनुपर्ने नगर प्रमुख प्रजापतिले जनाए । उनले भक्तपुर अध्ययन अनुसन्धान गर्नेहरुको लागि खुल्ला किताबको रुपमा रहेको बताउँदै कला संस्कृतिका जीवन्त प्रदर्शनीले भक्तपुरलाई खुल्ला संग्रहालयको रुपमा चित्रण गरिरहेको बताए ।

भक्तपुरको मौलिक सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न सके पनि यसले जीवन्तता पाउने बताउँदै उनले विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रमाणपत्रसँगसँगै सीपमूलक तालिमको प्रमाणपत्र दिने उद्देश्यले नपाले विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।
प्रमुख प्रजापतिले भने, “भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै आएको छ, यहाँका युवा विद्यार्थीहरुलाई आफ्नो भविष्य विदेशमा होइन, आफ्नै देशमा मेहेनत गर्न सिकाउने प्रयत्न गरिरहेका छौं ।”
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...