नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
- भदौ ३१, २०८३
हलिं नेवा:दबुले नेपाल भाषा पढ्ने सात जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दबुले...

भक्तपुर, मध्यपुरथिमि न.पा लोकन्थलीस्थित रहेको शिक्षालय कलेजले सार्क एजुकेशन अवार्ड अन्तर्गत “एजुकेशन भिजन अवार्ड” प्राप्त गरेको छ । समृद्धि कलेजका फाउन्डरहरू र आइटी क्षेत्र को दिग्गज व्यक्तित्वहरू समावेश भई स्थापना भएको शिक्षालय कलेजले सो अवार्ड प्राप्त गरेको हो ।
यस कलेजले करिब २ वर्षदेखि भक्तपुरको स्थानीय विद्यार्थीदेखि लिएर अन्य जिल्लाका विद्यार्थीहरुलाई आइटी, बिबिए र एमबिए विषयमा सुलभ र राम्रो शिक्षा दिँदै आइरहेको छ । कलेजले आइटी विषयमा (बिएससी सीएसआइटी) र व्यवस्थापन विषयहरू (एमबिए र बिबिए) को गुणस्तरीय पठनपाठन गराउँदै आएको छ ।
भक्तपुरका अन्य निजी कलेजहरुमा बिबिए र एमबिए पढाइ नहुने भएको हुनाले व्यवस्थापन संकायअन्तर्गत बिबिए र एमबिए पढ्ने विद्यार्थीहरुलाई काठमाडौंसम्म जानु नपर्ने हिसाबले राम्रो शिक्षा दिन यो शिक्षालय कलेजको स्थापना भएको कलेजका प्रबन्ध निर्देशक सन्दीप श्रेष्ठले जानकारी दिए । कलेज स्थापना भएको पहिलो वर्षमा नै आफ्नो सिटसंख्या पूर्ण रुपले भर्न सफल यो शिक्षण संस्था आफैमा उदाहरणीय बनेको प्रबन्ध निर्देशक श्रेष्ठको भनाई छ ।
उनका अनुसार कलेजले यस अघिपनि नयाँ धार नयाँ सोचको आधारमा नेशनल अवार्ड अन्तर्गत “इमर्जिङ कलेज अवार्ड” प्राप्त गरेको थियो । विद्यार्थी र अभिभावकले दिनुभएको साथ र विश्वासले अब यस शिक्षालय कलेजमा चाँडै BIT र BALLB पनि ल्याउने तयारी भएको उनले जनाए ।
हलिं नेवा:दबुले नेपाल भाषा पढ्ने सात जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दबुले...
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...