भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

शिक्षालय कलेजलाई “एजुकेशन भिजन अवार्ड”

  • ख्वपखबर
  • भदौ १६, २०८२

भक्तपुर, मध्यपुरथिमि न.पा लोकन्थलीस्थित रहेको शिक्षालय कलेजले सार्क एजुकेशन अवार्ड अन्तर्गत “एजुकेशन भिजन अवार्ड” प्राप्त गरेको छ । समृद्धि कलेजका फाउन्डरहरू र आइटी क्षेत्र को दिग्गज व्यक्तित्वहरू समावेश भई स्थापना भएको शिक्षालय कलेजले सो अवार्ड प्राप्त गरेको हो ।

यस कलेजले करिब २ वर्षदेखि भक्तपुरको स्थानीय विद्यार्थीदेखि लिएर अन्य जिल्लाका विद्यार्थीहरुलाई आइटी, बिबिए र एमबिए विषयमा सुलभ र राम्रो शिक्षा दिँदै आइरहेको छ । कलेजले आइटी विषयमा (बिएससी सीएसआइटी) र व्यवस्थापन विषयहरू (एमबिए र बिबिए) को गुणस्तरीय पठनपाठन गराउँदै आएको छ ।

भक्तपुरका अन्य निजी कलेजहरुमा बिबिए र एमबिए पढाइ नहुने भएको हुनाले व्यवस्थापन संकायअन्तर्गत बिबिए र एमबिए पढ्ने विद्यार्थीहरुलाई काठमाडौंसम्म जानु नपर्ने हिसाबले राम्रो शिक्षा दिन यो शिक्षालय कलेजको स्थापना भएको कलेजका प्रबन्ध निर्देशक सन्दीप श्रेष्ठले जानकारी दिए । कलेज स्थापना भएको पहिलो वर्षमा नै आफ्नो सिटसंख्या पूर्ण रुपले भर्न सफल यो शिक्षण संस्था आफैमा उदाहरणीय बनेको प्रबन्ध निर्देशक श्रेष्ठको भनाई छ ।

उनका अनुसार कलेजले यस अघिपनि नयाँ धार नयाँ सोचको आधारमा नेशनल अवार्ड अन्तर्गत “इमर्जिङ कलेज अवार्ड” प्राप्त गरेको थियो । विद्यार्थी र अभिभावकले दिनुभएको साथ र विश्वासले अब यस शिक्षालय कलेजमा चाँडै BIT र BALLB पनि ल्याउने तयारी भएको उनले जनाए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित