भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

“हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२” सम्पन्न

  • ख्वपखबर
  • भदौ १६, २०८२

भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोट भक्तपुरमा “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२” सम्पन्न गरेको छ । शंकर नेशनल स्कूलले क्रमिक रुपमा कक्षामा गरिएका र अध्यापन भएका पाठ्यवस्तुहरूको आधारमा यश पटक “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२” सम्पन्न गरेको हो ।

स्कूलले पाठ्यवस्तुहरूको आधारमा विभिन्न मासिक र साप्ताहिक रुपमा फरक फरक क्रियाकलापहरुमा नानीबाबुहरुलाई जोड्दै उक्त कक्षागत सिकाईलाई विषयसँगै जोड्दै विभिन्न प्रयोगात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त सिकाई उपलब्धीमुलक बनाउनको लागि कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरूको सक्रियता र विशेष शिक्षकहरूको संयोजकता तथा अन्य शिक्षकहरूको सहयोगमा विद्यालयको कार्यक्रम हलमा “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२”को आयोजना गरिएको थियो ।

प्रदर्शनीमा आ–आफ्नो कक्षाको प्रतिनिधित्व गर्दै हरेक कक्षाले विभिन्न स्टलहरु राखेका थिए । स्टलमा समुदाय, पेशा र आर्थिक क्रियाकलाप, हाम्रो पृथ्वी, नागरिक चेतना, कला संस्कृति, हाम्रो विगत, हाम्रो समुदाय, हाम्रा परम्परागत उपकरण, चाडपर्व लगायतका विषयवस्तुहरु प्रत्यक्ष अवलोकन गरी सम्पूर्ण नानीबाबुहरुले सिक्ने अवसर पाए ।

परम्परागत पोशाकहरू, डोको, नाम्लो, टुकी, रेडियो, हलो–जुवा देखि हाम्रो पृथ्वी समेत स्टलमा राखिएको थियो । उक्त स्टलमा रहेका नानीबाबुहरुले प्रदर्शनीमा राखेका विभिन्न सामग्री तथा वस्तुहरूबारे अवलोकनकर्ताहरुलाई प्रष्ट रुपमा व्याख्या गरी बुझाउने प्रयास गरेका थिए । लोप हुन लागेका वस्तु सामग्री तथा नागरिक चेतनाको बारेमा संविधान तथा कानुन र नागरिक चेतनाको बारेमा नानीबाबुले प्रष्ट पारेका थिए । जसमा विभिन्न चेतनामूलक प्ले कार्डहरु समेत प्रदर्शनमा राखिएको थियो ।

प्रदर्शनीमा हाम्रो सेरोफेरो तथा सामाजिक विषयसँग जोड्दै हरेक सिकाइको इकाइलाई परियोजना र प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो । अतिरिक्त क्रियाकलाप इन्चार्ज मुकुन्द अधिकारीले यस प्रदर्शनीबाट नानीबाबुहरूले विशेष सिकाइ मात्र नभई प्रस्तुतिकरण, सामाजिकरणको ज्ञान र पूर्णरूपले विषयवस्तुहरुलाई सिकाउने उद्देश्य रहेको बताए ।
यस प्रकारका र अन्य अतिरिक्त क्रियाकलापहरुलाई प्रयोगात्मक रुपले नै सिकाई उपलब्धीमुलक हुनेमा दुई मत नरहेको विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले जनाए । अब अर्को प्रदर्शनी गणित विषयसँग जोडेर हुने गरिने जानकारी प्रिन्सिपल चौलागाईंले जानकारी दिए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित