बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान
- भदौ ११, २०८३
- नारायण थापा
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...

भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोट भक्तपुरमा “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२” सम्पन्न गरेको छ । शंकर नेशनल स्कूलले क्रमिक रुपमा कक्षामा गरिएका र अध्यापन भएका पाठ्यवस्तुहरूको आधारमा यश पटक “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२” सम्पन्न गरेको हो ।
स्कूलले पाठ्यवस्तुहरूको आधारमा विभिन्न मासिक र साप्ताहिक रुपमा फरक फरक क्रियाकलापहरुमा नानीबाबुहरुलाई जोड्दै उक्त कक्षागत सिकाईलाई विषयसँगै जोड्दै विभिन्न प्रयोगात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त सिकाई उपलब्धीमुलक बनाउनको लागि कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरूको सक्रियता र विशेष शिक्षकहरूको संयोजकता तथा अन्य शिक्षकहरूको सहयोगमा विद्यालयको कार्यक्रम हलमा “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२”को आयोजना गरिएको थियो ।
प्रदर्शनीमा आ–आफ्नो कक्षाको प्रतिनिधित्व गर्दै हरेक कक्षाले विभिन्न स्टलहरु राखेका थिए । स्टलमा समुदाय, पेशा र आर्थिक क्रियाकलाप, हाम्रो पृथ्वी, नागरिक चेतना, कला संस्कृति, हाम्रो विगत, हाम्रो समुदाय, हाम्रा परम्परागत उपकरण, चाडपर्व लगायतका विषयवस्तुहरु प्रत्यक्ष अवलोकन गरी सम्पूर्ण नानीबाबुहरुले सिक्ने अवसर पाए ।

परम्परागत पोशाकहरू, डोको, नाम्लो, टुकी, रेडियो, हलो–जुवा देखि हाम्रो पृथ्वी समेत स्टलमा राखिएको थियो । उक्त स्टलमा रहेका नानीबाबुहरुले प्रदर्शनीमा राखेका विभिन्न सामग्री तथा वस्तुहरूबारे अवलोकनकर्ताहरुलाई प्रष्ट रुपमा व्याख्या गरी बुझाउने प्रयास गरेका थिए । लोप हुन लागेका वस्तु सामग्री तथा नागरिक चेतनाको बारेमा संविधान तथा कानुन र नागरिक चेतनाको बारेमा नानीबाबुले प्रष्ट पारेका थिए । जसमा विभिन्न चेतनामूलक प्ले कार्डहरु समेत प्रदर्शनमा राखिएको थियो ।
प्रदर्शनीमा हाम्रो सेरोफेरो तथा सामाजिक विषयसँग जोड्दै हरेक सिकाइको इकाइलाई परियोजना र प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो । अतिरिक्त क्रियाकलाप इन्चार्ज मुकुन्द अधिकारीले यस प्रदर्शनीबाट नानीबाबुहरूले विशेष सिकाइ मात्र नभई प्रस्तुतिकरण, सामाजिकरणको ज्ञान र पूर्णरूपले विषयवस्तुहरुलाई सिकाउने उद्देश्य रहेको बताए ।
यस प्रकारका र अन्य अतिरिक्त क्रियाकलापहरुलाई प्रयोगात्मक रुपले नै सिकाई उपलब्धीमुलक हुनेमा दुई मत नरहेको विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले जनाए । अब अर्को प्रदर्शनी गणित विषयसँग जोडेर हुने गरिने जानकारी प्रिन्सिपल चौलागाईंले जानकारी दिए ।
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...