वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित
- भदौ २७, २०८२
- ख्वपखबर
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
भदौ ३० गतेदेखि सञ्चालन गरिने दशैंतिहार लक्षित सहुलियत मूल्य पसलमा प्रति किलो दुई रुपैयाँ देखि दश रुपैयाँ सम्मको छुटको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसलमा प्रति किलो दुइ रुपैयाँ देखि दश रुपैयाँ सम्मको छुट दिने भएको हो ।
खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो रु. पाँच छुट हुनेछ । त्यसैगरी चिउरा, आँटा, पिठो, मैदामा प्रतिकिलो रु. सात छुट पाइनेछ । खानेतेलमा पनि प्रतिलिटर रु. सात छुट दिइने जनाइएको छ । कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु. १० छुट हुनेछ । जिरा, धनिया, चियापत्ती र जिउँदो खसी बोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु. १० छुट पाइनेछ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहेक विभिन्न जिल्लामा साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउनेछ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो रु. दुई, चिनीमा प्रतिकिलो रु. पाँच, तेलमा प्रतिलिटर रु. सात र चिउरा, दाल, पिठो तथा मैदामा प्रतिकिलो समान रु. सात छुट दिनेछ ।
यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ । चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्ष खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र भइसकेको छ । रासस
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु भएको छ । जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा...
नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न...