भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

जेन्यूइन सेकेण्डरी स्कूलले ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ प्रदान गर्ने

  • ख्वपखबर
  • भदौ १७, २०८२

भक्तपुर, जेन्यूइन सेकेण्डरी स्कूलले ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ प्रदान गर्ने गर्ने भएको छ । स्कूलले आफ्नो ३० औं वार्षिकोत्सव समारोहमा लामो समय देखि सम्पदा संरक्षण र त्यससंग सम्बन्धित अध्ययन अनुसन्धानमा सक्रिय एक युवालाई सो शिरपा प्रदान गर्ने भएको हो ।

जेन्यूइन सेकेण्डरी स्कूलका पुर्व प्रधानाध्यापक एवं स्कूलको ३० औं वार्षिकोत्सव समारोह कार्यक्रमका संयोजक योगेन्द्रमान बिजुक्छेंले स्कूलको ३० औं वार्षिकोत्सव समारोहको अवसर पारेर यस वर्षबाट ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ बाट पुरस्कृत गर्ने जानकारी दिएका छन् । भक्तपुर नगरपालिका वडा नं ५का हाल वडाध्यक्ष समेत रहेका बिजुक्छेंले भने, “सबभन्दा विशेष भनेको सम्पदा संरक्षण र त्यससंग सम्बन्धित अध्ययन अनुसन्धानमा सक्रिय एक युवालाई ‘जेस सस्कृति सम्पदा सिरपा २०८२’ बाट पुरस्कृत गर्ने कार्य यस वर्षदेखि शुभारम्भ हुने हो ।”

उनका अनुसार सामाजिक दायित्व बोकेर नि:स्वार्थ भावानका साथ सामाजिक सेवामा लागि परेका व्यक्तित्व लगायत शिक्षकशिक्षिका र विद्यार्थीहरुलाई पनि सम्मान गरिनेछ ।

यस्तो छ जेन्यूइन सेकेण्डरी स्कूलको इतिहास
जेन्यूइन सेकेण्डरी स्कूल वि.स २०५१ फागुणमा शिक्षा ऐन २०२८ मा गरिएको व्यबस्था अनुसार विधिवत रुपमा स्थापना भएको थियो । स्थापनाको पहिलो बर्ष कक्षा ९ बाट शुरु भएको यस विद्यालयमा तेस्रो बर्षमा नै ६ कक्षादेखि १० सम्म र विस २०६१ सम्ममा किण्डरगार्टेन तहदेखि नै नियमित पठनपाठन भएको थियो ।

जेन्यूइन सेकेण्डरी स्कूलले आज ३० औं बसन्तमा पर्दापण गरिसकेको छ । यस तीन दशकको अवधिमा विद्यालयले गरेका शिक्षण क्रियाकलापका गतिविधिको समीक्षा गर्दा प्रचलित मान्यतलाई मात्र नपछ्याइ हामीले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि अपनाउने प्रयास गर्दै आयौं । पूर्व प्राथमिक कक्षाहरुमा खेल्दैसिक्ने Playway Method अथवा मन्टेश्वरी विधिको साँचो अभ्यास, काठमाण्डु विश्वविद्यालयको आधारित सिकाई देखि स्थापनाको दोस्रो बर्षमा कम्प्यूटर कक्षालाई समावेश गर्दा भक्तपुर जिल्लामै कम्प्यूटर कक्षा सञ्चालन गर्ने पहिलो स्कूल नै भयौं। स्थापना कालदेखि शिक्षक तथा विद्यार्थीहरुले आफ्‌नो लेखन प्रतिभालाई तिखारोस् भनि स्कूल बुलेटिन Gess Info-Bulletin को नियमित गर्दै आयौं ।

मित्र राष्ट्र चीनको व्यापारिक र शैक्षिक क्षेत्रमा देखिरहेको प्रभावलाई आंकलन गरी विद्यालय स्थापनाको केही बर्ष मै चिनियाँ भाषाको पनि पठन पाठन शुरु गर्यो । धेरै बिद्यार्थीहरुले चीन भ्रमणको अवसर प्राप्तगरी थप सिक्ने मौका पनि पाउदै आएका छन् । हरेक विद्यार्थीमा फरक क्षमता हुन्छ भन्ने बहु बौद्धिकताको सिद्धान्त, सर्वाङ्गिन विकासको सिद्धान्त, फरक विद्यार्थीले फरक तरिकाले सिक्ने सिद्धान्त आदिलाई मननगरी अतिरिक्त क्रियाकलापमा चित्रकला, संगीत कक्षा अर्न्तगत गायन र वाद्यवादन, नृत्य अन्तर्गत परम्परागत तथा आधुनिक नाचका कक्षाहरु निरन्तर सञ्चालनमा छन् । खेलकूदमा बास्केटबल, टेबल टेनिस, तेक्वान डो का नियमित कक्षाहरु संचालनमा छन् । यसरी अतिरिक्त क्रियाकलापलाई सधै प्राथमिकतामा राख्दैआयौ । विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र सिमित नहोस भनी छोटो तथा लामो दुरीका एक दिने देखि एक हप्तासम्मको शैक्षिक भ्रमणले पनि निरन्तरता पाइरहेको छ ।

बालबालिकालाई केन्द्रमा राखी बालमैत्री शिक्षालाई आत्मसाथ गर्दै आयौं । पठन सस्कृतिको विकासको लागि पुस्तकायको ब्यबस्था बाहेक विगत आठ दश बर्षको समयदेखि थप पुस्तकहरुको नियमित अध्ययन गरी छोटो समीक्षात्मक टिपोटको लेखन, स्वतन्त्र अध्ययन, Beyond text book को अभियानलाई निरन्तरत दिदै आएका छौं । तर विद्यार्थीहरुले सधैं उच्च अंङ्ग वा जिपिए नै ल्याउनुपर्छ भन्ने मान्यतालाई गुणस्तरीय शिक्षाको आधार मानेनौँ । यद्यपि, अमर सुवाल (२०६३), सदीक्षा बैद्य (२०६९), अमित दुवाल (२०७१) कृती तामाङ ( २०८१) ले ४ जिपिए ल्याउन सफल भए ।

शिक्षक सक्षम, पेशागत ज्ञानमा अद्यावधी, पेशाप्रति इमान्दार र बाल मनोविज्ञानलाई आत्मसाथ गर्ने, सस्थाप्रति कृतज्ञहुने र टिमस्प्रितमा कार्यगर्ने क्षमता भएमात्र उसको पठनपाठन प्रभावकारी हुने मान्यतालाई विद्यालयको नीति नै बनाई शिक्षक तालिमलाई बिद्यालयको अभिन्न अङ्ग बनाइ आवधिक तालिमहरु जस्तै अर्ध बार्षिक र वार्षिक रुपमा निरन्तर संचालन गर्दै लग्यौँ । त्रैमासिक रुपमा शिक्षकहरुले नयाँ पुस्तकको अध्ययनगरी पुस्तकका बारेमा छलफल गर्ने क्रमपनि विगत आठ दश बर्षदेखि निरन्तरता पाइरहेको छ । शिक्षक तथा विद्यार्थीहरुमा पुस्तक पढ्ने संस्कृतिको विकास होस् भनी लेखकसंग पुस्तक सम्बाद पनि हुँदै आएको छ ।

शिक्षकहरुको पेशागत हकहित र स्विधालाई विद्यालयले सधै प्राथमिकतामा राखी सामुदायिक विद्यालयको तलब सरहको सुविधा तथा संचयकोषको व्यबस्था समेत भइआएको छ । सिक्ने र सिकाउने कर्म बाहेक रिफ्रेसमेन्ट कार्यक्रम अन्तरर्गत हिउँदे र गृष्म गरी बर्षको दईपटक शिक्षक तथा कर्मचारीहरुका लागि दईदिने उपत्यका बाहिरको आउटिङ्ग कार्यक्रमको पनि निरन्तर व्यबस्था हुँदै आएको छ ।

यसरी एउटा विद्यालयले पूरा गर्नु पर्ने प्रमुख दायित्वमा पर्ने शिक्षण क्रियाकलापका अलावा विद्यालय एक सामाजिक दायित्व बोक्ने अवयव समेत भएकोले सामाजिक दायित्वका क्रियाकलापहरुलाई समेत विद्यालयले निरन्तरता दिइरहेको छ । विश्व वातावरण दिवसमा ऱ्याली गर्ने, भयावह रोगको महामारी ‘हेपाटाइटिस बी’ शहरमा देखिदा अन्योलको अवस्थामा पर्चा वितरण गरी जनचेतना जगाउने कार्य, देशको सिमाना मिच्दा विशाल विरोध जुलुश समेत गरेका थियौं । टोल छिमेकमा ढल निकास तथा बाटोघाटो मर्मत सम्भारमा नियमित सहयोग, २०७४ सालमा भनपाबाट स्थानीय पाठ्यक्रम निर्माण कार्यदलको सचिवालयको रुपमा विद्यालयमा स्थान उपलब्ध तथा प्रिन्सिपल स्वयं कार्यदलका संयोजक भएकाले अन्य आवश्यक चाजोपाजो र व्यबस्थापनमा सहयोग, विगतका केहि बर्षदेखि भक्तपुर नगरपालिकाको एक सम्पदा एक विद्यालय अन्तरर्गत सम्पदा पोखरी, गःहिती वा मन्दिर परिसरको सरसफाई अभियानलाई निरन्तरता दिदै विगत एक बर्षदेखि सक्षम विद्यालयले एक परम्परागत नाचको संरक्षण गर्ने आव्हानलाई मनन गरी महाकाली नाच टोलीको व्यबस्थापन गर्यो । व्यबस्थापकीय तथा वितीय पक्षबाट यो नाचको संरक्षण गर्नु सानो कुरा पक्कै होइन ।

विद्यालयले प्रत्येक पाँच दश वर्षमा वृहत कार्यक्रमको आयोजना गर्ने नीतिका अनुसार २०६२ सालमा बृहत पुस्तकमेलाको आयोजना गर्यो । पुस्तक मेला बाहेक समाजिक दाइत्वका अन्य धेरै क्रियाकलापहरु पनि यसमा समावेस थिए । विद्यालय स्थापनाको दोस्रो दशकमा अथवा २०७२ को महाभूकम्पले यस्तो वृहत कार्यक्रमलाई हुनबाट रोक्यो । त्यस्तै, विद्यालयको रजत जयन्ती समारोहको योजनालाइ पनि कोभिड १९ को महामारिले छताछुल्ल पार्यो । आज हामी विद्यालयको स्थापनाको तीन दशकलाई विशेष समारोहको रुपमा सामाजिक दायित्वको पक्षलाई केन्द्रमा राखेर मनाउने विशेष तयारीमा छौं ।

यसमा बुद्ध शिक्षा र दर्शनका विविध पक्षलाई समेटेर कलेज र स्कूलमा अध्यापन र लेखन कार्यमा सक्रिय शिक्षक लक्षित दईदिने सेमिनार, विद्यालयको स्थापना कालदेखि निरन्तर प्रकाशन हुँदै आएको विद्यालयको बुलेटिनमा प्रकाशन भएका शिक्षक, विद्यार्थी तथा शुभचिन्तक बिद्धान मित्रहरुका आलेखहरुलाई संकलन गरी ५ छुटाछुटै पुस्तिकाहरुको प्रकाशन, विद्यालयमा लामो समय सेवा गरेका शिक्षक तथा कर्मचारिहरुको सन्मान, समाजिक कार्यमा संलग्न तल्लो स्तरमा कार्य गर्दै आएका केहि व्यक्तिहरुलाई सन्मान, वाद्यवादनमा १३ बर्षसम्म वा कक्षा आठ सम्मका भक्तपुर जिल्लाका बिद्यालयहरु बीच मादल प्रतियोगिता तथा गायनमा राष्ट्रगीत (राष्ट्र प्रेम र राष्ट्रि भावनाले ओटप्रोट गीतहरु मात्र) प्रतियोगिता र सबभन्दा विशेष भनेको सम्पदा संरक्षण र त्यससंग सम्बन्धित अध्ययन अनुसन्धानमा सक्रिय एक युवालाई ‘जेस सस्कृति सम्पदा सिरपा २०८२’ बाट पुरस्कृत गर्ने कार्य यसबर्षदेखि शुभारम्भ हुने हो । कार्यक्रमको उद्घाटन बुद्ध शिक्षा र दर्शनको सेमीनारबाट २५ असोजमा थालनी गर्ने तथा अन्य सम्पूर्ण कार्यक्रम र क्रियाकलापहरु कार्त्तिक १ गते भित्र सम्पन्नगरी भव्य समापन समारोह तिहारको लगतै अथवा कार्त्तिक ८ वा १० गते सम्पन्नगर्ने योजन रहेको जानकारी गराउँदछौं ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित