पाला(दियो)को माग पूरा गर्न व्यस्त प्रजापति समुदाय
- अशोज २८, २०८२
- निशा कुस्मा/ ख्वपखबर
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
 
    						मध्यपुर थिमी नगरपालिका बालकुमारी निवासी श्री बिरेन्द्र भक्त गजु श्रेष्ठले यस पटक दत्तात्रेय देखि नवदुर्गा मन्दिरसम्मको धार्मिक यात्रा गरिने बताएका छन् । येंया पुन्ही( इन्द्रजात्रा )को अवसर परेर चौथो पटक जिब्रो छेड्न लागेका श्रेष्ठले भक्तपुरको दत्तात्रेय मन्दिरबाट नवदुर्गा मन्दिरसम्मको धार्मिक यात्रा गर्न लागेको बताएका हुन् ।
श्रेष्ठले पहिलो पटक बि.सं २०७४मा पहिलो पटक छेडेका थिए । दोश्रो पटक बि.सं २०७९ मा र तेश्रो पटक २०८१ मा जिव्रो छेडेका थिए । गत साल भ्ये (महादिप ) बोकी पशुपतिनाथको परिक्रमा गरेका थिए ।

कसरी सुरु हुन्छ मेय् प्वा:खनेगु जात्रा ?
इन्द्र जात्राको दिन बालकुमारी मन्दिरमा रातो भालेको बलि सहितको पूजा गरि छ्वयला ब्वः (भोज) हुन्छ । त्यस दिन नाय् पःमा (तत्कालिन राज्य संचालक), कमी नायो (जिब्रो छेडाउने व्यक्ति), कौ नायो (नातु बनाउने नकर्मी थरका व्यक्ति), जामनः गुरु खुवाउने गरिन्छ । भोलिपल्ट येंया पुन्हीको दिनमा जिब्रो छेड्ने व्यक्ति मौन व्रत बसी दुता नं (जामा लुगा) लगाएर बालकुमारी मन्दिरमा पूजा गरिन्छ । बेलुकापख (साँझ) गुरुको उपस्थितिमा बालकुमारी मन्दिर देखि दिगुभैरवसम्मको स्थानमा बत्ति दिइसकेपछि दिगुभैरव मन्दिरमा भैरवको पूजा गरिन्छ । त्यहाँबाट भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पुऱ्याईन्छ । सयौं जनमानसको उपस्थितिमा १० इन्च लामो फलामको सियो (सुईरो) नातुले जिब्रो छेड्न थिमिका कःमि थरका कःमि नायोको हातबाट जिब्रो छेडिन्छ । 

त्यसपछि भ्ये (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार पहिला चाँगुनारायण तथा पशुपति सम्म पनि परिक्रमा गरिएको पाईन्छ । साथै जात्रामा जिब्रो छेडी परिकमा गर्ने कममा जिब्रो छेड्ने व्यक्तिको अगाडी पछाडी याँ बाली बाटो पहिल्याउन थिमिका थाथु सा र कोथु सा का मानन्धर समुदायको पनि विषेश भुमिका हुन्छ । इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमी नायोले सो सुइरो निकालिन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार गतबर्ष सयबर्षपछि बि.सं. २०८० (श्री बालक राग नानी श्रेष्ठ), बि.सं. २०८१ (श्री बिरेन्द्र भक्त गजु श्रेष्ठ) ज्युले पशुपतिनाथ सम्म परिक्रमा गर्नु भएको थियो । सुईरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिन्छ । भोलिपल्ट द्यो: लित तवनेगु (बिसर्जन) पुजा गरि सुईरोलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । मन्दिर परिसरमा ठोकेको सुईरोको प्रकृति हेर्दा एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको देखिन्छ । अहिले हेर्न जाने हो भने पनि सयौंको संख्यामा सुईरो राखिएको छ । जात्रामा सहभागी व्यक्तिहरुलाई प्रसाद स्वरुप भोज खुवाउने चलन रहेको छ ।

भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...
४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) भक्तपुरको इटाछेंमा हुने भएको छ ।...