भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन गर्ने प्रदेशको निर्णय

  • ख्वपखबर
  • भदौ १९, २०८२

भक्तपुर, बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन गर्ने निर्णय बागमती प्रदेशले गरेको जानकारी दिएका छन् । नेपाल रेडक्रस सोसाइटी आयोजना गरिएको स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

मन्त्री श्रेष्ठले, “वर्षमा दुई पटक जिब्रो छेड्ने जात्रा कहिँ पनि छैन । यो भक्तपुरमा मात्रै छ । जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन गर्ने प्रदेशले निर्णय गरेको छ । “

संस्कृति जोगाउने कार्यमा पनि रेडक्रस जोडिएको बताउँदै माननीय श्रेष्ठले रगतमा लाग्ने खर्च सरकार र स्थानीय पालिका व्यहोर्ने कुरामा आफू विस्वस्त रहेको जनाएका छन् । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा भक्तपुर जिल्लाका स्थानीय जनतालाई नि:शुल्क रगत उपलब्ध गराउने पहिलो जिल्ला शाखा रहेको जिकिर माननीय श्रेष्ठले गरे ।

साथै रेडक्रस अन्तर्गत नै रहेर साहारा परियोजनाले चाँगुनारायण नगरपालिकामा गरेको मिलन चौतारीको कार्य सराहनीय रहेको र आगामी दिनमा यो कार्यलाई निरन्तरता दिन सकुन भन्ने शुभकामना समेत व्यक्त गरे । माननीय श्रेष्ठले भने, ” मिलन चौतारीको कार्य सराहनीय छ । यो कार्यलाई निरन्तरता दिन सकुन, शुभकामना छ । “

Your email address will not be published. Required fields are marked *

सम्बन्धित