भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु

  • ख्वपखबर
  • भदौ २७, २०८२

कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु  भएको छ । जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा आगजनी भएपछि बन्द भएको प्रसारण आज अपराह्न ४ बजेदेखि पुनःसुचारु भएको हो ।

हाललाई आगलागीबाट जोगिएको स्टुडियो ३ बाट टेलिभिजनको नियमित प्रसारण थालिएको जनाइएको छ । 

जेन-जी प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका साथै थाथापलीमा रहेको कान्तिपुर पब्लिकेशन्स्‌को कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो । जसका कारण ई-कान्तिपुर अनलाइनसमेत अवरुद्ध हुन पुगेको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित