भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

  • ख्वपखबर
  • भदौ ३०, २०८२

सङ्घीय संसद् सचिवालयले संसद् भवनबाट लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । यही भदौ २४ गते भएको जेनजी युवाहरुको प्रदर्शनका क्रममा संसद् भवनबाट लुटिएका मालसामान फिर्ता गर्न सचिवालयले आग्रह गरेको हो ।

सोमबार सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरण लगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएकाले सो मालसामान फिर्ता गर्न आग्रह गर्दै सूचना प्रकाशित गरिएको हो ।

यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा सङ्घीय संसद् सचिवालयमा सूचना दिन अनुरोध गरिएको योजना शाखाका उपसचिव अधिराज राईद्वारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी, मालसामानहरू लगेको भिडियो भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडियो/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद् सचिवालयले जनाएको छ ।

यही भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित