काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

सङ्घीय संसद् सचिवालयले संसद् भवनबाट लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । यही भदौ २४ गते भएको जेनजी युवाहरुको प्रदर्शनका क्रममा संसद् भवनबाट लुटिएका मालसामान फिर्ता गर्न सचिवालयले आग्रह गरेको हो ।
सोमबार सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरण लगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएकाले सो मालसामान फिर्ता गर्न आग्रह गर्दै सूचना प्रकाशित गरिएको हो ।
यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा सङ्घीय संसद् सचिवालयमा सूचना दिन अनुरोध गरिएको योजना शाखाका उपसचिव अधिराज राईद्वारा जारी सूचनामा उल्लेख छ ।
यसैगरी, मालसामानहरू लगेको भिडियो भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडियो/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद् सचिवालयले जनाएको छ ।
यही भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...