काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

आज सवारीसाधन देखि उद्योगधन्दासमामा विश्वकर्मा पूजा मनाइँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाइने गर्दछ ।
यस पर्वमा सवारीसाधन, औजार, मेसिनरी, उद्योग–धन्दा, भवन निर्माणका उपकरण आदिको पूजा गर्ने परम्परा रहेको छ। विश्वकर्मालाई हिन्दु धर्मशास्त्रमा देव शिल्पी तथा पहिलो इन्जिनियरका रूपमा मानिन्छ । सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारका र कलियुगमा जगन्नाथ मन्दिर निर्माण गरेको विश्वास गरिन्छ ।
यस दिन मजदुर, शिल्पकार, व्यापारी, इन्जिनियर, कलाकारदेखि सबै वर्गले श्रद्धा एवं भक्ति भावका साथ पूजा गर्ने गर्छन् । भद्रकाली, दक्षिणकालीलगायत शक्तिपीठमा नयाँ सवारीसाधन पूजा गर्नेको भीड लाग्ने गर्दछ ।
विश्वकर्मा पूजाले उद्योग-व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने र परिवारमा समृद्धि तथा शान्ति स्थापना हुने विश्वास गरिन्छ ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...