अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

आज सवारीसाधन देखि उद्योगधन्दासमामा विश्वकर्मा पूजा मनाइँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाइने गर्दछ ।
यस पर्वमा सवारीसाधन, औजार, मेसिनरी, उद्योग–धन्दा, भवन निर्माणका उपकरण आदिको पूजा गर्ने परम्परा रहेको छ। विश्वकर्मालाई हिन्दु धर्मशास्त्रमा देव शिल्पी तथा पहिलो इन्जिनियरका रूपमा मानिन्छ । सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारका र कलियुगमा जगन्नाथ मन्दिर निर्माण गरेको विश्वास गरिन्छ ।
यस दिन मजदुर, शिल्पकार, व्यापारी, इन्जिनियर, कलाकारदेखि सबै वर्गले श्रद्धा एवं भक्ति भावका साथ पूजा गर्ने गर्छन् । भद्रकाली, दक्षिणकालीलगायत शक्तिपीठमा नयाँ सवारीसाधन पूजा गर्नेको भीड लाग्ने गर्दछ ।
विश्वकर्मा पूजाले उद्योग-व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने र परिवारमा समृद्धि तथा शान्ति स्थापना हुने विश्वास गरिन्छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...