अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

भक्तपुर नगरपालिका वडा नं.-७ मा रहेको महेश्वरी फुटबल मैदान हनुमानघाटमा दोस्रो भक्तपुर दशैं सस्तो व्यापार मेला-२०८२ हुने भएको छ । यहि असोज ३ गते देखि असोज १२ गते सम्म सो मेला हुने भएको हो ।
औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले नेपालीहरुको महान पर्व वडा दशैं तथा नगरकोट भ्रमण वर्ष २०८२ को पावन अवसरमा आयोजित दोश्रो भक्तपुर दशैं सस्तो व्यापार मेला-२०८२ असोज ३ गते देखि असोज १२ गते सम्म भक्तपुर नगरपालिका वडा नं.-७ मा रहेको महेश्वरी फुटबल मैदान हनुमानघाटमा आयोजना गर्ने जमर्को गरेको आयोजकले जनाएको छ ।
भक्तपुर नगरपालिका भक्तपुर जिल्लाकै ऐतिहासिका सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराउ क्षेत्र हो । यस व्यापर मेलामा ५० भन्दा वढी स्टलहरु राखिने छ । स्टलको साइजअनुसार न्यून शुल्क लिष्ट स्थानीय व्यापारीहरुलाई स्टल उपलब्ध गराउने मेलाका संयोजक संगम लामाले जानकारी दिएका छन् ।
मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलामा सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको सामानहरु विशेष छुटको व्यवस्था हुनेछ । मनोरञ्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रायन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्व, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने संयोजक लामाको भनाइ छ ।
उन्का अनुसार मेलालाई व्यवस्थित बनाउन विद्यार्थीहरुका लागि रु. ५० र सर्वसाधारणका लागि रु ७० प्रवेश शुल्कको व्यवस्था गरिएको भने वृद्धवृद्धाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । शनिवार विशेष सांस्कृतिक कार्यक्रम रहनेछ । साथै के डि श्री डान्स कल्वर एकेडेमी प्रा. लि. भक्तपुरको विशेष प्रस्तुति रहने छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...