भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक

  • ख्वपखबर
  • अशोज ५, २०८२

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले जानकारी दिए ।

समितिले नेपालका लागि असोज १६ गते बिहान ११ :५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ :४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ :२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ :५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ :०५, टेक्सासका लागि अक्टोबार ११ :३३, वासिङ्गटन डिसीका लागि ११ :३५, क्यालिफोर्नियाका लागि बिहान ११ :११, कोलोराडोका लागि ११ :२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईले जानकारी दिए ।

यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ :५५, भ्यानकुभरका लागि ११ :३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ :३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ :४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ :१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ :५३, एडिलेटका लागि ११ :३५, क्यानबेराका लागि ११ :५१, तास्मानियाका लागि ११ :४५, पर्थका लागि ११ :२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ :४७ बजेको साइत शुभ रहेको छ।

यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ :२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ :२३, लण्डन बेलायतका लागि बिहान ०९ :१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ :५७, नर्वेको ओस्लोका लागि बिहान १० :०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ :११, अवुधावी युएइका लागि बिहान १० :५५, दोहा कतारका लागि बिहान १० :१३, बैंकक थाइल्याण्डका लागि बिहान १० :४५, सियोल दक्षिण कोरियाका लागि बिहान १० :५७, तेल अभिभ इजरायलका लागि बिहान ११ :३५, सिङ्गापुरका लागि बिहान ११ :०९, हङ्गकङ्गका लागि बिहान ११ :४५, साउदी अरेबियाका लागि बिहान १० :५५, याङ्गून म्यानमारका लागि बिहान १० :२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १० :२५ र माल्टाका लागि बिहान १० :५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित