“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले जानकारी दिए ।
समितिले नेपालका लागि असोज १६ गते बिहान ११ :५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ :४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ :२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ :५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ :०५, टेक्सासका लागि अक्टोबार ११ :३३, वासिङ्गटन डिसीका लागि ११ :३५, क्यालिफोर्नियाका लागि बिहान ११ :११, कोलोराडोका लागि ११ :२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईले जानकारी दिए ।
यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ :५५, भ्यानकुभरका लागि ११ :३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ :३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ :४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ :१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ :५३, एडिलेटका लागि ११ :३५, क्यानबेराका लागि ११ :५१, तास्मानियाका लागि ११ :४५, पर्थका लागि ११ :२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ :४७ बजेको साइत शुभ रहेको छ।
यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ :२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ :२३, लण्डन बेलायतका लागि बिहान ०९ :१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ :५७, नर्वेको ओस्लोका लागि बिहान १० :०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ :११, अवुधावी युएइका लागि बिहान १० :५५, दोहा कतारका लागि बिहान १० :१३, बैंकक थाइल्याण्डका लागि बिहान १० :४५, सियोल दक्षिण कोरियाका लागि बिहान १० :५७, तेल अभिभ इजरायलका लागि बिहान ११ :३५, सिङ्गापुरका लागि बिहान ११ :०९, हङ्गकङ्गका लागि बिहान ११ :४५, साउदी अरेबियाका लागि बिहान १० :५५, याङ्गून म्यानमारका लागि बिहान १० :२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १० :२५ र माल्टाका लागि बिहान १० :५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । रासस
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...