अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

जिल्ला प्रहरी परिसर भक्तपुरले जेन्जी आन्दोलनमा भागेका २० जना कैदीबन्दीहरु केन्द्रिय कारागार काठमाडौँमा बुझाइएको छ । परिसरले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा विभिन्न कारागारहरुबाट भागेका २० जना कैदीवन्दीहरु भक्तपुरबाट नियन्त्रणमा लिइ केन्द्रमा बुझाएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेव काठमाडौँमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन् । डिएसपी नेउपानेका अनुसार आन्दोलनमा फरार भएका बिभिन्न मुद्दाका कैदीबन्दीहरुलाई यस कार्यालय तथा मातहत कार्यालयबाट खोजतलास गर्ने क्रममा बिभिन्न स्थानहरुबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आउनेहरुमा १ महिला र १९ पुरुष सहित जम्मा २० जना कैदीबन्दिहरु रहेको उनले जनाए । उनीहरु सवैलाई नियन्त्रणमा लिई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेव काठमाडौँमा बुझाइएको डिएसपी नेउपानेको भनाइ छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...