काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

जिल्ला प्रहरी परिसर भक्तपुरले जेन्जी आन्दोलनमा भागेका २० जना कैदीबन्दीहरु केन्द्रिय कारागार काठमाडौँमा बुझाइएको छ । परिसरले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा विभिन्न कारागारहरुबाट भागेका २० जना कैदीवन्दीहरु भक्तपुरबाट नियन्त्रणमा लिइ केन्द्रमा बुझाएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेव काठमाडौँमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन् । डिएसपी नेउपानेका अनुसार आन्दोलनमा फरार भएका बिभिन्न मुद्दाका कैदीबन्दीहरुलाई यस कार्यालय तथा मातहत कार्यालयबाट खोजतलास गर्ने क्रममा बिभिन्न स्थानहरुबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आउनेहरुमा १ महिला र १९ पुरुष सहित जम्मा २० जना कैदीबन्दिहरु रहेको उनले जनाए । उनीहरु सवैलाई नियन्त्रणमा लिई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेव काठमाडौँमा बुझाइएको डिएसपी नेउपानेको भनाइ छ ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...