अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

लमजुङको मध्यनेपाल-१० हाँडीखोलामा थापिएको पिर्के रोटेपिङले पर्यटनमा सहयोग पुर्याएको स्थानीयले बताएका छन् । दसैँको रौनक बढाउँन बनाएको उक्त पिङले आन्तरिक पर्यटक समेत आकर्षित गरेको स्थानीयले बताएका हुन् ।
स्थनिउयका अनुसार रोटेपिङ खेल्न र टिकटक बनाउन विभिन्न गाउँठाउँबाट मानिसहरु आएपछि गाउँको पर्यटनमा सहयोग पुगेको छ । मध्यनेपाल–१०, हाँडीखोला बर्धान गाउँमा स्थनीयले चन्दा उठाएर २४ पिर्के र आठ पिर्केको रोटेपिङ बनाएका छन् । पिङ बनाउन दुई लाख लागेको स्थानीयले बताएका छन् ।
“आजभोलि गाउँघरमा पिङ थाप्नै छोएिको छ । त्यसमाथि पनि काठको २४ पिर्के पिङ त कतैपनि राखिएको छैन”, हाँडीखोला बर्धानगाउँका काजी दूराले भन्नुभयो, “पिङ खेल्न र हेर्न टाढाटाढाबाट पनि आइरहनुभएको छ ।” पिङले संस्कृतिको संरक्षणसँगै पर्यटन पवर्धनमा समेत टेवा पुगेकोमा स्थानीय खुसी भएका छन् ।
बर्धान गाउँमा पर्यटक आकर्षण गर्न र दूरा संस्कृति संरक्षणका लागि संग्रहालय समेत निर्माण गरिएको छ । घुमाउने घरमा राखिएको सङ्ग्रहालय हेर्नसमेत पर्यटकहरु आउने गरेका छन् । मध्यनेपाल नगरपालिकासहित सुन्दरवजार, कास्की र तनहुँका छिमेकी गाउँहरुबाट समेत युवायुवतीहरु पिङ खेल्नका लागि हाँडीखोला पुग्ने गरेका छन् । पिङ खेल्न २५/३० जनाको टोली बनाएर आउने गरेको स्थानीयले बताएका छन् ।
कम सङ्ख्यामा रहेको दुरा समुदायले आफ्नो कला संस्कृति संरक्षणका सँगै पर्यटक आकर्षण गर्न विभिन्न गतिविधिहरु पनि सञ्चालन गर्दै आएका छन् । पर्यटक राख्नका लागि गाउँमा होमस्टेसमेत सञ्चालनमा ल्याइएको छ । गोरखापत्रअनलाइन
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...