एकै दिन आठ हजार एक सय रुपियाँले बढ्यो सुनको मूल्य
- अशोज २८, २०८२
- ख्वपखबर
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
लमजुङको मध्यनेपाल-१० हाँडीखोलामा थापिएको पिर्के रोटेपिङले पर्यटनमा सहयोग पुर्याएको स्थानीयले बताएका छन् । दसैँको रौनक बढाउँन बनाएको उक्त पिङले आन्तरिक पर्यटक समेत आकर्षित गरेको स्थानीयले बताएका हुन् ।
स्थनिउयका अनुसार रोटेपिङ खेल्न र टिकटक बनाउन विभिन्न गाउँठाउँबाट मानिसहरु आएपछि गाउँको पर्यटनमा सहयोग पुगेको छ । मध्यनेपाल–१०, हाँडीखोला बर्धान गाउँमा स्थनीयले चन्दा उठाएर २४ पिर्के र आठ पिर्केको रोटेपिङ बनाएका छन् । पिङ बनाउन दुई लाख लागेको स्थानीयले बताएका छन् ।
“आजभोलि गाउँघरमा पिङ थाप्नै छोएिको छ । त्यसमाथि पनि काठको २४ पिर्के पिङ त कतैपनि राखिएको छैन”, हाँडीखोला बर्धानगाउँका काजी दूराले भन्नुभयो, “पिङ खेल्न र हेर्न टाढाटाढाबाट पनि आइरहनुभएको छ ।” पिङले संस्कृतिको संरक्षणसँगै पर्यटन पवर्धनमा समेत टेवा पुगेकोमा स्थानीय खुसी भएका छन् ।
बर्धान गाउँमा पर्यटक आकर्षण गर्न र दूरा संस्कृति संरक्षणका लागि संग्रहालय समेत निर्माण गरिएको छ । घुमाउने घरमा राखिएको सङ्ग्रहालय हेर्नसमेत पर्यटकहरु आउने गरेका छन् । मध्यनेपाल नगरपालिकासहित सुन्दरवजार, कास्की र तनहुँका छिमेकी गाउँहरुबाट समेत युवायुवतीहरु पिङ खेल्नका लागि हाँडीखोला पुग्ने गरेका छन् । पिङ खेल्न २५/३० जनाको टोली बनाएर आउने गरेको स्थानीयले बताएका छन् ।
कम सङ्ख्यामा रहेको दुरा समुदायले आफ्नो कला संस्कृति संरक्षणका सँगै पर्यटक आकर्षण गर्न विभिन्न गतिविधिहरु पनि सञ्चालन गर्दै आएका छन् । पर्यटक राख्नका लागि गाउँमा होमस्टेसमेत सञ्चालनमा ल्याइएको छ । गोरखापत्रअनलाइन
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...