भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

अनलाइन दर्ता र नवीकरण अब सूचना विभागबाटै हुने

  • ख्वपखबर
  • अशोज १०, २०८२

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार गर्ने बताएका छन् । मंत्री खरेलले बिहिबार बसेको मन्त्रिपरिषद बैठकले अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको बताएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन लगत्तै पत्रकारमाझ निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले सो जानकारी दिएका हुन् । त्यसैगरी सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको उनले जनाए । सरकारले सुरक्षण मुद्रण नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय भएको छ ।

मन्त्री खरेलले मन्त्रिपरिषदको बाँकी निर्णय शुक्रबार ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने जनाए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित