भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

एकै दिन आठ हजार एक सय रुपियाँले बढ्यो सुनको मूल्य

  • ख्वपखबर
  • अशोज २८, २०८२

नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य बढेर तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
सोमबार चाँदी तोलामा तीन हजार २२० रुपियाँ कायम भएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित