भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

पाला(दियो)को माग पूरा गर्न व्यस्त प्रजापति समुदाय

  • निशा कुस्मा/ ख्वपखबर
  • अशोज २८, २०८२

भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै भक्तपुरका विभिन्न स्थानका प्रजापतिहरु पाला बनाउन व्यस्त बनेका हुन् ।

भक्तपुर नगरको बोलाछें, सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, लिवाली र मध्यपुरको निकोसेरा, चपाचो, पाँचो लगायतका टोलमा माटाको भाडाहरु बनाइन्छ । अन्य समयमा दैनिक एक, दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा दैनिक तीन, चार हजार सम्म बिक्री हुने गरेको व्यवसायी दिनेश प्रजापति बताउँछन् । प्लास्टिकका भाडाकुडाले गर्दा अन्य समयमा अन्य माटाका भाडाहरु फाट्टफूट्ट बिक्री हुने गरेको र अरु समय हात बाँधेर नै बस्नु परेको उनको गुनासो छ ।

पाला बनाउन व्यस्त बनेका दिनेश प्रजापतिले यस वर्ष पालाको मूल्य बढेको बताएका छन् । उनले भने, “सबै भन्दा सानो पाला गत वर्ष एक सय वटाको यस वर्ष मूल्य बढेर काचो प्रति सयको १०० देखि १५० रुपैयाँ र पोलेको १ सय ५० रुपैयाँ देखि माथि र ठुलो पाला भने प्रतिगोटा १० देखि १२ रुपैयाँमा विक्री गरिरहेको छ ।”

माटोको अभाव र महँगीका कारण मूल्य बढी भएको पाला बनाउनेहरु बताउँछन् । पाला मात्र नभएर माटाका भाडा बनाउँदा विशेषगरी माटाको समस्या तथा स्थान अभावका कारण बनाइएका माटाका भाडाहरु पोल्न स्थानको समेत अभाव रहेको भाडा बनाउनेहरुको गुनासो रहेको छ ।

भक्तपुर नगरपालिका प्रजापतिहरु अन्य समयमा माटाका भाडा बनाउनमा व्यस्त रहेता पनि तिहारको आगमन सँगै पाला बनाउनमा भने भ्याइनभ्याई हुने प्रजापतिहरु बताउँछन् । यो समयमा पालाको व्यापार राम्रो हुने भएकोले तिहारपर्व रमाईलो हुने गरेको उनीहरुको भनाइ छ ।

समय परिवर्तनसँगै नयाँ पुस्ताले माटोको काममा चासो नदिएता पनि यहीं कामलाई निरतरता दिनेहरुको लागि भने यो समय पाला बनाउन व्यस्त हुने गरेका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित