४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै
- अशोज १५, २०८३
- ख्वपखबर
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...

भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै भक्तपुरका विभिन्न स्थानका प्रजापतिहरु पाला बनाउन व्यस्त बनेका हुन् ।
भक्तपुर नगरको बोलाछें, सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, लिवाली र मध्यपुरको निकोसेरा, चपाचो, पाँचो लगायतका टोलमा माटाको भाडाहरु बनाइन्छ । अन्य समयमा दैनिक एक, दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा दैनिक तीन, चार हजार सम्म बिक्री हुने गरेको व्यवसायी दिनेश प्रजापति बताउँछन् । प्लास्टिकका भाडाकुडाले गर्दा अन्य समयमा अन्य माटाका भाडाहरु फाट्टफूट्ट बिक्री हुने गरेको र अरु समय हात बाँधेर नै बस्नु परेको उनको गुनासो छ ।

पाला बनाउन व्यस्त बनेका दिनेश प्रजापतिले यस वर्ष पालाको मूल्य बढेको बताएका छन् । उनले भने, “सबै भन्दा सानो पाला गत वर्ष एक सय वटाको यस वर्ष मूल्य बढेर काचो प्रति सयको १०० देखि १५० रुपैयाँ र पोलेको १ सय ५० रुपैयाँ देखि माथि र ठुलो पाला भने प्रतिगोटा १० देखि १२ रुपैयाँमा विक्री गरिरहेको छ ।”
माटोको अभाव र महँगीका कारण मूल्य बढी भएको पाला बनाउनेहरु बताउँछन् । पाला मात्र नभएर माटाका भाडा बनाउँदा विशेषगरी माटाको समस्या तथा स्थान अभावका कारण बनाइएका माटाका भाडाहरु पोल्न स्थानको समेत अभाव रहेको भाडा बनाउनेहरुको गुनासो रहेको छ ।
भक्तपुर नगरपालिका प्रजापतिहरु अन्य समयमा माटाका भाडा बनाउनमा व्यस्त रहेता पनि तिहारको आगमन सँगै पाला बनाउनमा भने भ्याइनभ्याई हुने प्रजापतिहरु बताउँछन् । यो समयमा पालाको व्यापार राम्रो हुने भएकोले तिहारपर्व रमाईलो हुने गरेको उनीहरुको भनाइ छ ।
समय परिवर्तनसँगै नयाँ पुस्ताले माटोको काममा चासो नदिएता पनि यहीं कामलाई निरतरता दिनेहरुको लागि भने यो समय पाला बनाउन व्यस्त हुने गरेका छन् ।

४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...