रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

भक्तपुरमा आज सकिमना पुन्ही मानाइदै छ । हरेक वर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन प्रकृति र अन्नप्रतिको सम्मान स्वरूप यो पुन्ही मनाइने गरिन्छ ।
सकिमना पुन्ही नेपाल सम्बत सुरु भए पछिको नेवा समुदायको पहिलो पर्व हो । यस पर्वमा वर्षभरि खेतबारीबाट उत्पादन भएका नयाँ मकै, भटमास, गहुँ, पिँडालु तथा सखरखण्ड लगायतका अन्नको प्रयोग कला प्रदर्शन गर्ने गर्दछ । अन्नको कला प्रदर्शनी ठाउँ र टोल अनुसार फरक फरक हुन्छ ।
आजको दिन विभिन्न मन्दिर एवं चैत्य बिहार अगाडि मकै, गहुँ, भटमास, ताँय् (लावा अर्थात् भुटेको धान), माल्पा, स्वारी, तथा अन्य अन्नको देवता, देवताको वाहन, देवताको हतियार, देवताले प्रयोग गर्ने फूल, मन्दिर वा चैत्यको आकृति बनाइने गर्दछ । यसलाई नेपाल भाषामा नसा ब्वयेगु भन्ने गरिन्छ । यसरी नसा ब्वयेगु गर्दा सम्बन्धित ठाउँका दाफा भजनले भजन गरिन्छ र पछी त्यही अन्न प्रसादको रुपमा ग्रहण गर्ने गर्दछ ।
पिँडालु, सखरखण्ड उसिनेर खानु नै सकिमना पुन्हीको मुख्य विशेषता हो ।

बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...