यु–१९ एसिया कपमा बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
- मंसिर २९, २०८२
- ख्वपखबर
यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।
यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको छ । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार र पाँच जितका साथ १२ अङ्क जोडेर अङ्क तालिकाको सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुङ्गिएको थियो । यता युएई १९ खेलबाट १५ हार र चार जितको साथ आठ अङ्क जोडेर अङक तालिकाको अन्तिम स्थानमा छ । आज नेपाल अघिल्लो खेलको हारको बदला लिँदै जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिँदैछ । रासस
यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले खेलकुदले अनुशासन र कर्तव्यप्रति सचेत पार्ने...
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स...