भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

  • ख्वपखबर
  • कार्तिक १९, २०८२

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको छ । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।

समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार र पाँच जितका साथ १२ अङ्क जोडेर अङ्क तालिकाको सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुङ्गिएको थियो । यता युएई १९ खेलबाट १५ हार र चार जितको साथ आठ अङ्क जोडेर अङक तालिकाको अन्तिम स्थानमा छ । आज नेपाल अघिल्लो खेलको हारको बदला लिँदै जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिँदैछ । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित