भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

गोवाको नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु, चार जना पक्राउ

  • ख्वपखबर
  • मंसिर २२, २०८२

भारतको गोवास्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइट क्लबमा आइतबार आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । आगलागीमा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपालका राजदूत शङ्कर शर्माले विज्ञप्ति जारी गर्नु भएको छ । उनले विज्ञप्ति मार्फत शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गरेका छन् ।

मृतक मध्ये अधिकाशं भारतीय नागरिक रहेको र मुख्यतया नाइट क्लबका कर्मचारी, साथै नयाँ दिल्लीबाट छुट्टी मनाउन आएकाहरू रहेको जनाइएको छ । गाेवाको उत्तरमा रहेको अर्पोराको एउटा क्लबमा आगलागी भएको जनाउँदै अधिकारीहरूले विद्युतीय पटाखाले आगलागी गराएको हुन सक्ने बताएका छन् ।

क्लबको काठका भागबाट सुरु भएको आगलागी फैलिएपछि अधिकांशको मृत्यु भएको जनाइएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको तथा अन्य नाइट क्लबमा अनुसन्धानको आदेश दिएको बताउनु भएको छ । रासस

तस्बिर: पितिआइ फोटो

Your email address will not be published. Required fields are marked *

सम्बन्धित