भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

जितेन्द्र रसिकको बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक

  • ख्वपखबर
  • माघ २८, २०८२

साहित्यकार जितेन्द्र रसिकको १८ ओैँ कृति बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक गरेको छ । बुधबार इर्टनल पब्लिकेसनका प्रकाशक यमुना पराजुली र एजुकेशन पब्लिसिङ बुक हाउस काठमाडौं जमलका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट, भजन राउट लगायतले संयुक्तरूपमा उपन्यास लोकार्पण गरेका हुन् ।

साइबोर्ग उपन्यास साहित्यकार जितेन्द्र रसिकको विज्ञान उपन्यास हो । यो उपन्यासमा विज्ञानको उन्नतिले भविष्यमा कस्तो अवस्था सिर्जना हुन सक्छ भन्ने सुन्दर परिकल्पनाहरू समावेश रहेको प्रकाशक यमुना पराजुलीले जानकारी दिए । प्रविधिहरू, खासगरी आर्टिफिसिलय इन्टेलिजेन्सको चरम विकास हुँदै जांदा भाविष्यमा त्यसले मानव समुदाय माथि नै धावा बोल्ने त होइन भन्ने आशंकालाई यो विज्ञान उपन्यासने रोचक ढंगले उठाएको छ । के विज्ञानले मानिसलाई कहिल्यै नमर्ने बनाउन पनि सक्दछ ? भन्ने प्रश्नको पनि यसले तर्कसम्मत संभावनाहरू देखाएको पराजुलीको भनाइ छ ।

बालबालिका र किशोरकिशोरीमा कल्पना, जिज्ञासा र तर्कशीलता बढाउनका लागि यो पुस्तक प्रभावकारी बन्ने उपन्यासकार जितेन्द्र रसिकले बताएका छन् । यो बाल उपन्यासको मूल्य २५० रुपैयाँ रहेको छ ।

लोकार्पणसँगै बाल उपन्यास साइबोर्ग एजुकेशनल पब्लिसिङ बुक हाउस, रत्नपुस्तक भण्डार लगायतबाट उपन्यास बिक्रि थालिएको छ । इर्टनल पब्लिकेसन्स र एजुकेश्नल पब्लिसिङ बुक हाउसले सहकार्य थालेको हो । लेखक रसिकका यस अघि बाल साहित्यमा एलियनको पृथ्वी भ्रमण (बालकथासङ्ग्रह), हावा फल्ने रूख (सचित्र बालकथा), एङ्ग्री बर्ड (बालकथा सङ्ग्रह), बेलबहादुरसँग बिहे (सचित्र बालकथा ३ संस्करण), गुलेली (बालकथासङ्ग्रह), हनुमानको करामत (सचित्र बालकथा), जाडुगर एआई (सचित्र बालकथा) प्रकाशित छन् । रसिकको उपन्यास,गजल, संस्कृति, जीवनी लगायत विधामा ११ कृति प्रकाशित छन् । उनका करिव १ दर्जन गीत गजल पनि रेकर्ड भइसकेका छन् । उनी नेपालभाषा संस्कृति र साहित्यको क्षेत्रमा पनि सक्रिय रहेका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित