भर्खरै :
५८ करोडको भ्रष्टाचार : प्रमुख थापासहित १२ विरुद्ध मुद्दा दर्ता | डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको कदम | नेसनल प्याव्सनको वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड र युनिटी विजयी | जितेन्द्र रसिकको बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक | अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथि चुनौती : राष्ट्रपति पौडेल | गोदावरी नगरपालिकाका इन्जिनियर विष्टविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा | गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता | जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न नेमकिपाका उम्मेदवार सुवालको आग्रह | स्वास्थ्य मन्त्री शर्माद्वारा डडेल्धुरा अस्पतालको अनुगमन तथा निरीक्षण | “चुनावमा उठ्ने नउठ्ने निर्णय गरेको छैन ।” |

नेसनल प्याव्सनको वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड र युनिटी विजयी

  • ख्वपखबर
  • माघ २८, २०८२

नेसनल प्याव्सन भक्तपुरले हालै सम्पन्न गरेको वक्तृत्वकला प्रतियोगितामा प्रतियोगितामा मदरल्याण्ड स्कुल र युनिटी इङ्लिस स्कुल विजयी भएको छ । ईडेन गारडेन स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिताको कक्षागत नतिजा प्रकाशन गर्दा यी स्कुलहरु विजयी बन्न सफल भएका हुन् ।

प्रतियोगितामा दुई फरक विधा र तहमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । वातावरणीय चेतना जगाउने उद्देश्यका साथ “स्वच्छ वातावरण, स्वस्थ जीवन” शीर्षकमा आयोजित कक्षा ४ तर्फको प्रतिस्पर्धामा मदरल्याण्ड स्कुलका जेसिक नेपाल प्रथम स्थान हासिल गरेका थिए । पारिजात विद्या कुञ्जकी सबिना नायजुले दोस्रो र आरक्षण नेसनल एकेडेमीकी आजुनी सुवेदीले तेस्रो स्थान प्राप्त गरे । कक्षा ४ कै प्रतिस्पर्धामा संस्कार गुरुकुलका भाव्या आचार्य र क्वालिटी इङ्लिस स्कुलकी राज्वी लामिछानेले सान्त्वना स्थान प्राप्त गरेको आयोजक स्कुलका सह प्रिन्सिपल अनिश राईले जानकारी दिए ।

“शिक्षा नै उज्यालो भविष्यको आधार” शीर्षकमा आधारित रहेर कक्षा ५ तर्फको प्रतिस्पर्धामा युनिटी इङ्लिस स्कुलका हिमांशु भट्ट प्रथम हुन सफल भए । त्यसैगरी मदरल्याण्ड स्कुलकी कृष्टिका भण्डारीले दोस्रो, ग्लिटर फ्युचरकी स्पर्श थापा मगरले तेस्रो र ऋतम्भरा पाठशालाकी जस्मिन अछामीले सान्त्वना स्थान हासिल गरेका थिए ।

ईडेन गार्डेन स्कुलका प्रिन्सिपल जय प्रकाश राईको सभापतित्व रहेको उक्त प्रतियोगितामा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. ३ का अध्यक्ष दीपेन्द्र के.सी. ले विजेता विद्यार्थीहरुलाई मैडल तथा ट्रफि वितरण गरे । अध्यक्ष के.सी.ले विद्यार्थीहरूको आत्मविश्वास र अर्थपूर्ण अभिव्यक्तिको उच्च प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको निष्पक्ष मूल्याङ्कनका लागि निर्णायकको भूमिकामा जीवनाथ अधिकारी र मधुसुदन न्यौपाने रहेका थिए, जसले विद्यार्थीहरूलाई थप सुधारका लागि मार्गनिर्देशन समेत प्रदान गरे ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न इडेन गार्डेन इङ्लिस स्कुलले आयोजक विद्यालयको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको दर्शाउदै नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले प्रसंशा गर्नु भएको थियो ।

विद्यार्थीहरूको वाककला र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान छात्रछात्राहरूले आफ्नो तर्क र प्रस्तुति क्षमता प्रदर्शन गरेको अध्यक्ष खड्काको भनाइ थियो । साथै अध्यक्ष खद्काले विद्यालयको कुशल व्यवस्थापन र तयारीका कारण कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरे ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित