रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

सूर्यविनायक नगरपालिकाले नगरबासीलाई सतर्क रहन आग्रह गरेको छ । नगरपालिका एक सूचना प्रकाशित गरी बर्ड फ्लू (Avian Influenza) को जोखिम बढेको भन्दै सतर्क रहन नगरबासीमा अनुरोध हो ।
“पशु सेवा विभागबाट प्रकाशित सुचना अनुसार, हाल नेपालका विभिन्न क्षेत्रहरुमा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा-H5N1 (बर्ड फ्लु) रोग पुष्टि भई व्यापक रुपमा फैलिरहेको छ । रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा राख संघ, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायहरु परिचालित भएका छन् । उक्त रोगबाट उत्पन्न हुन सक्ने सम्भावित क्षती एवं जनस्वास्थ्यमा पर्न सक्ने जोखिम हुन नदिन तथा अन्यत्र फैलन नदिन तपसिलका विषयमा ध्यान दिई निरन्तर सहयोग गरिदिनु हुन नगरवासी लगायतका सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक अपिल गर्दछौं।” सूचनामा उल्लेख गरिएको छ ।
जोखिमबाट वचन के के गर्ने ?
१. पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउनु हुन।
२. फार्म परिसर भित्र प्रवेश गराउनै पर्ने भएमा निःसंक्रमण गरेर मात्र फार्ममा प्रवेश गराउनु हुन।
३. एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन।
४. प्रयोग भइसकेको अण्डा राखे कागनको केट पुनः प्रयोग नगर्नु हुन।
५. फार्म/खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रुपमा चुना लगायतका निःसंक्रामक औषधि राखिएको फुटवाय
प्रयोग गर्न हुन र प्रत्येक पटक प्रवेश गर्दा फुटवाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्नु हुन।
६. खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोनको प्रयोग गर्नु हुन।
७. खोर भित्र र बाहिर दैनिक रुपमा निःसंक्रमण गर्नु हुन ।
८. फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशुपन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्नु हुन ।
९. मरेका पन्छीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्नु हुन।
१०. पन्छी फार्ममा काम गर्ने व्यक्तिहरुले व्यक्तिगत सुरक्षाका उपायहरु अवलम्बन गर्ने, नियमित हात खुट्टा
धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन।
११. पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नु/गराउनु हुन ।

बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...