“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

नेपालमा दोश्रो राष्ट्रिय आर्थिक गणना हुने भएको हो । नयाँ वर्ष २०८३को बैशाख २ गतेदेखि असार ७ गते सम्म दोश्रो राष्ट्रिय आर्थिक गणना गरिने भएको हो ।
नेपालम यस्तो खालको गणना दोश्रो पटक हुन लगेको जिल्ला आर्थिक गणना कार्यालयका गणना अधिकारी एदुनाथ आचार्य जानकारी दिएका छन् । अधिकारी आचार्यका अनुसार विभिन्न वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक वा अनौपचारिक सबै प्रतिष्ठान/व्यवसायहरूको गणना गरिन्छ ।
आचार्यले भने,” आर्थिक गणनामा विभिन्न वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक वा अनौपचारिक सबै प्रतिष्ठान/व्यवसायहरूको गणना गरिन्छ । जस्तैः ढुङ्गा, बालुवा तथा खनिज पदार्थको उत्खनन् क्रियाकलाप गर्ने व्यवसाय, विभिन्न वस्तु उत्पादन गर्ने लघु, घरेलु, साना, ठुला सबैखालका उद्योगः निर्माण व्यवसायः विद्युत् उत्पादन तथा वितरण गर्ने व्यवसायः खानेपानी तथा सिँचाइसम्बन्धी संस्थाः फोहोरमैला व्यवस्थापन गर्ने संस्थाः होटल तथा लज व्यवसायः यातायात सेवा सञ्चालन गर्ने व्यवसायः सूचना तथा सञ्चारसम्बन्धी क्रियाकलाप गर्ने व्यवसायः वस्तुको थोक तथा खुद्रा बिक्री गर्ने व्यापार व्यवसायः बैंक तथा वित्तीय संस्थाः घरजग्गाको कारोवार गर्ने व्यवसाय; विद्यालय, विश्वविद्यालय जस्ता शैक्षिक सस्थाः स्वास्थ्य सेवा दिने अस्पताल तथा संघ-संस्थाः बिभिन्न प्रकारका विशेषज्ञ तथा प्राविधिक सेवा जस्तैः इन्जिनियरिङ, लेखा परीक्षण, कानूनी सेवा, लेखापढी आदि सेवा व्यवसायः ट्राभल एण्ड टुर सेवा, ट्रेकिङ सेवा, सेक्युरिटी सेवा, क्याटरिङ सेवा, म्यानपावर सेवा, सहयोगी सेत्रा उपलब्ध गराउने व्यवसायः कला, मनोरञ्जन, खेलकुदसम्बन्धी व्यवसायः विभिन्न प्रकृतिका सामाजिक सेवा प्रदान गर्ने गैरसरकारी संस्थाः राजनीतिक दल, विभिन्न व्यावसायिक सङ्गठनहरु र दर्ता भएका कृषि फार्म, पशुपालन फार्म, कुखुरापालन फार्म, मत्स्यपालन फार्म, चिया बगान, जडीबुटी फार्म, नर्सरी तथा यस्तै प्रकृतिका व्यवसाय/संस्थाहरु आदिको गणना गरिन्छ ।”

राष्ट्रिय आर्थिक गणना, २०८२ बाट मुख्यतया नेपालमा सञ्चालित सबै आर्थिक एकाइहरू (प्रतिष्ठान तथा व्यवसाय। को ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, प्रमुख आर्थिक क्रियाकलाप, रोजगारी स्थिति, व्यवसायको प्रकार लगानी, ऋणमा पहुँच, बीमा जस्ता विभिन्न तथ्याङ्कीय विवरणहरू सङ्कलन गरिने अधिकारीले बताएका छन् ।
नेपालमा पहिलो गणना २०७५ सालमा गरिएको थियो ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...