४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै
- अशोज १५, २०८३
- ख्वपखबर
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...

भक्तपुर, यातायात व्यवस्था कार्यालय राधेराधे एरियाबाट दुई जना पक्राउ परेका छन् । सेवाग्राहीहरुलाई सार्वजनिक सेवा प्रवाहमा प्रभावित पारेर अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा ती दुईलाई मंगलबार पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधे स्थितमा रहेको यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरमा आएका सेवाग्राहीहरुलाई सार्वजनिक सेवा प्रवाहमा प्रभावित पारेर अनावश्यक दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटी गई दुइ जना मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी सूचना अधिकारी प्र.ना.उ. प्रकाश जबेगुले दिएका छन् ।
अधिकारी जबेगुका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर राधेराधे बस्ने वर्ष २९ की यम कुमारी श्रेष्ठ र चितवन कालिका नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर राधेराधे बस्ने वर्ष ३० को सुनिल थापा रहेका छन् ।
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...