यातायात कार्यालय राधेराधे एरियाबाट दुइ जना पक्राउ

  • ख्वपखबर
  • चैत्र १८, २०८२

भक्तपुर, यातायात व्यवस्था कार्यालय राधेराधे एरियाबाट दुई जना पक्राउ परेका छन् । सेवाग्राहीहरुलाई सार्वजनिक सेवा प्रवाहमा प्रभावित पारेर अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा ती दुईलाई मंगलबार पक्राउ गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधे स्थितमा रहेको यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरमा आएका सेवाग्राहीहरुलाई सार्वजनिक सेवा प्रवाहमा प्रभावित पारेर अनावश्यक दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटी गई दुइ जना मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी सूचना अधिकारी प्र.ना.उ. प्रकाश जबेगुले दिएका छन् ।

अधिकारी जबेगुका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर राधेराधे बस्ने वर्ष २९ की यम कुमारी श्रेष्ठ र चितवन कालिका नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर राधेराधे बस्ने वर्ष ३० को सुनिल थापा रहेका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित